शैलुङ गाउँपालिका बाग्मती प्रदेशकै उत्कृष्ट गाउँपालिकाबाट सम्मानित

चरिकोट(दीस) – दोलखाको शैलुङ गाउँपालिका बाग्मती प्रदेशकै उत्कृष्ट गाउँपालिकाको भएको छ । बाग्मती प्रदेश सरकारले कार्यसम्पादन, महालेखा परीक्षकको कार्यालयको वित्तिय प्रतिवेदनको सुचाङक उत्कृष्ट रहेको आधारमा पालिकालाई उत्कृष्ट स्थानीय तह घोषणा गरेको हो । प्रदेश स्थापनाको दोस्रो बार्षिक उत्सवको अवसरमा राजधानी हेटौँडामा बुधवार आयोजित समारोहकामा शैलुङ गाउँपालिकालाई उत्कृष्ट गाउँपालिका घोषणा गर्दै सम्मान र कदरपत्र प्रदान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख विष्णु प्रसाईले गाउँपालिका अध्यक्ष भरत दुलाललाई सम्मान र कदरपत्र प्रदान गरेका छन । बाग्मती प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तह मध्ये शैलुङ गाउँपालिका सहित ३ गाउँपालिका र दुई नगरपालिका उत्कृष्ट घोषित भएका हुन् ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिका बाग्मती प्रदेशकै उत्कृष्ट गाउँपालिकाबाट सम्मानित"

Leave a comment

Your email address will not be published.


*