शैलुङ गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण गर्ने

ईश्वर दाहाल
चरिकोट, फागुन ७
दोलखाको शैलुङ गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण गर्ने भएको छ ।
गाउँपालिकाभित्र अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरि पालिकाले फागुन १५ देखि २३ सम्ममा परिचय पत्र वितरण गर्ने भएको हो ।
गाउँपालिकाका अध्यक्ष भरत दुलालले परिचय पत्र वितरण कार्यक्रममा सहभागी भई सबै किसिमका अपाङ्ता परिचयपत्र लिन आग्रह गरे ।
फागुन १५ गते वडा नम्बर चार वडा कार्यालय मागापौवा, १६ गते वडा नम्बर ३ बाघखोर, १८ गते वडा २ को कार्यालय भुसाफेदा, १९ गते वडा नम्बर १ दुधपोखरी कार्यालय, २० गते वडा नम्बर ८ को कार्यालय भैँसेमा परिचय पत्र वितरण गरिने उनले बताए ।
२१ गते वडा ७ को कार्यालय फस्कु, २२ गते वडा नम्बर ६ को कार्यालय फस्कु, २३ गते वडा नम्बर ५ को कार्यालय काटाकुटीबाट परिचय पत्र वितरण गरिने पालिकाका अध्यक्ष दुलालले बताए । परिचयपत्र प्राप्त गरेका सबै अपाङ्गता भएका व्यक्तिले नेपाल सरकारले तोकेको र गाउँपालिकाले तोकेको सुविधा उपभोग गर्न पाउने उनले बताए । प्रत्येक वडामा परिचय पत्र वितरण कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने पालिकाले जनाएको छ । गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न योजनासहित कार्य गरेको पालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण गर्ने"

Leave a comment

Your email address will not be published.


*