शैलुङ गाउँपालिकामा भैंसेमा परिवार नियोजन शिविर सम्पन्न

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ २४ –दोलखाको शैलुङ गाउँपालिकामा वडा नं ८ भैंसेमा परिवार नियोजनको अस्थायी साधन शिविर सम्पन्न भएको छ । शैलुङ्गेश्वर स्वास्थ्य चौकीको समन्वय र मेरि स्टोप्स लेडिज च्यानलको आयोजनामा शिविर शुक्रबार सम्पन्न भएको हो । शिविरमा स्थानीय २४ जना महिलाहरु लाभान्वित भएका छन् । २४ जना नै महिलाले इम्प्लान्ट सेवा लिएका स्वास्थ्य चौकीले जनाएको छ । साथै परिवार नियोजनको फाइदाबारे सन्देश प्रवाह गरिएको स्वास्थ्य चौकीकी अनमी एमुना खड्काले बताइन् । शिविरमा कोरोना भाइरस संक्रमण फैलन नदिन सावधानी अपनाइएको थियो। पछिल्लो समय परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ता बढेको पाइएको छ ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकामा भैंसेमा परिवार नियोजन शिविर सम्पन्न"

Leave a comment

Your email address will not be published.


*