शैलुङ गाउँपालिकाका बिरामीको रिपोट “नेगेटिभ”

चरिकोट (दीस) – दोलखाको शैलुङ गाउँपालिकाका कोरोनाको आंशङका गरिएका बिरामीको रिपोट “नेगेटिभ” आएको छ । आज सार्वजनिक गरिएको पिसिआर रिपोटमा उनको रिपोट नेगेटिभ आएको हो । जेठ ५ गते मङगलबार शैलुङ भैसेमा एक स्थानीयलाई राती एक्कासि ज्वरो आएपछि थप उपचारको लागि पाटन रिफर गरिएको थियो । उनको “ ट्राभल हिस्ट्री ”संक्रमण भएको ठाउँबाट केही समय दोलखा आएको कारण उनलाई स्थानीयले कोरोना संक्रमण आंशका गरेका थिए । उनी केही समय अगाडी विंरगन्जबाट दोलखा आएको र उनी एक्कासी बिरामी भएपछि स्थानीयलाई तनाब भएको एक स्थानीयले बताए । उनलाई उच्च ज्वरो आएको कारण कोरोना संक्रमण आंशङका गरिएको थियो । उनको हाल पाटनमा उपचार भइराखेको गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकाका बिरामीको रिपोट “नेगेटिभ”"

Leave a comment

Your email address will not be published.


*