शैलुङ गाउँपालिकामा घुम्तीसेवा मार्फत भत्ता वितरण गरिने

दीक्षण समाचार ÷चरिकोट, – दोलखाको सैलुङ गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । बैँकका कर्मचारीलाई वडा कार्यालयमा खटाएर चालु आवको दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको गाउँपालिका निमित प्रमुख प्रशासकीय अधिकृत सन्तोष दाहालले बताउनुभयो । चालु आर्थिक वर्षदेखि भत्ता वितरणमा बैंकिङ प्रणालीको अपनाइएकोमा मेगा बैंक नेपाल लिमिटेड बाघखोर शाखाबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता भएको छ । गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिने लक्षित वर्गलाई सहजताका लागि घुम्ति सेवामार्फत वडा कार्यालयबाटै भत्ता दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताउनुभयो । फागुन ५ गते वडा नं. ३ मा, ६ गते वडा नं. २ मा, ७ गते वडा नं. ८ मा, ८ गते वडा नं. १ मा, ९ गते वडा नं. ४ मा, १० गते वडा नं. ६ मा, ११ गते वडा नं. ७ मा र १२ गते वडा नं. ५ को कार्यालयबाट भत्ता वितरण हुने छ । मेगा बैंक नेपाल लिमिटेडको अन्य शाखाबाट भत्ता प्राप्त गर्नको लागि उल्लेखित मिति बाहेक अन्य मितिमा मात्र भुत्तानी प्राप्त गरिने बताइएको छ । अति अशक्त भएका लाभग्राहीहरूको हकमा अशक्त प्रमाण सहित वडा कार्यालयको सिफारिस र नाता प्रमाणित बमोजिम इच्छाएको हकवालाको खातामा भुक्तानी गरिने छ । उक्त कार्यको लागि घुम्ती सेवाको मिति बाहेक अन्य मितिमा मात्र भुक्तानी प्राप्त गरिने पालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकामा घुम्तीसेवा मार्फत भत्ता वितरण गरिने"

Leave a comment

Your email address will not be published.


*