शैलुङ गाउँपालिकामा कोरोना नियन्त्रणका लागि ३८ लाख खर्च

 ईश्वर बिश्वकर्मा चरिकोट, असार ७ दोलखाको शैलुङ गाउँपालिकाले कोरोना नियन्त्रणका र रोकथामका लागि भएको खर्च सार्वजनिक गरेको छ । पालिकाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि ३८ लाख ९९ हजार ५ सय ७० रुपैयाँ खर्च गरेको जनाएको छ । आइतबार कोरोना नियन्त्रण लागि गरिएको खर्च सार्वजनिक गरेको हो ‌। पालिकाले सबै भन्दा बढी खर्च क्वारेन्टाइन व्यवस्थापनको लागि गरेको छ । जसका लागि १७ लाख ८४ हजार ५०९ रुपैयाँ खर्च गरिएको पालिकाका अध्यक्ष भरत प्रसाद दुलालले बताए । स्वास्थ्य चौकि अनुदान ९ लाख, प्रहरी चौकी व्यवस्थापन अनुदान १ लाख ७५ हजार रकम खर्च गरिएको उनले बताए । पालिकामा रहेका असंगठित क्षेत्रमा कार्यरत ज्याला मजदुरी गर्ने, अपाङ्गता भएका ब्यक्तिहरु, आर्थिक अवस्था कमजोर भएका ८ वटै वडाका व्यक्तिहरूलाई राहत वितरण गर्दा ८ लाख रुपैयाँ खर्च भएको छ । त्यसैगरी वडाको कार्यालय सञ्चालनका लागि भाडाबापत १ लाख ६० हजार रुपैयाँ खर्च भएको अध्यक्ष दुलालले बताए । आरडिटी, बोलेरो र भ्रमण खर्च ८० हजार ६१ रुपैयाँ गरिएको उनले बताए । पालिकामा आन्तरिक स्रोत ३१ लाख ३३ हजार १९६ रुपैयाँ रहेको छ । प्रदेश सरकार अनुदान १० लाख प्राप्त भएको थियो । जसमा ३८ लाख ९९ हजार ५ सय खर्च भएको र २ लाख ३३ हजार रुपैयाँ बाँकी रहेको अध्यक्ष दुलालले बताए ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकामा कोरोना नियन्त्रणका लागि ३८ लाख खर्च"

Leave a comment

Your email address will not be published.


*