शैलुङ गाउँपालिकाद्धारा ९५ जना गर्भवतीसहित सुत्केरी आमालाई अण्डा उपहार

ईश्वर बिश्वकर्मा
चरिकोट, पौष २९
दोलखाको शैलुङ गाउँपालिकाले पालिकाभित्रका गर्भवती र सुत्केरी करिब ९५ जना आमालाई उपहार स्वरुप अण्डा वितरण गरेको छ ।
गत साउन देखि पौष महिनासम्ममा गाउँपालिकाको सो संख्याका सुत्केरी तथा गर्भवती आमालाई कुखुराको अण्डा गाउँपालिकाले वितरण गरेको हो ।
गर्भवती र सुत्केरी अवस्थामा पोषण पर्याप्त भएमा मात्र स्वस्थ शिशु जन्मने भएकाले प्रोत्साहन स्वरुप आमालाई मासिक १ क्रेटका दरले अण्डा वितरण गरिएको पालिकाले जनाएको छ ।
गर्भपरिक्षण गर्न र सुरक्षित सुत्केरी हुन स्वास्थ्य संस्थामा जानका साथै गर्भवती अवस्थामा पौष्टिक आहारा पर्याप्त खान प्रोत्साहन गर्न अण्डा वितरण कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए ।
सुत्केरी र गर्भवती महिलाले अनिवार्य पोषणयुक्त खानैपर्ने जनचेतनाका लागि अण्डा वितरण कार्यक्रम गरिएको उनले बताए ।
पालिकाभित्रका स्वास्थ्य संस्थामा गई गर्भवती परिक्षण तथा सुत्केरी हुने आमालाई पोषण स्वरुप दैनिक एकएक वटा अण्डा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक विष्णु बहादुर कार्कीले बताए ।
अण्डा वितरण कार्यक्रमले गर्दा पछिल्लो समय स्वाथ्य संस्थामा आई गर्भ परिक्षण र सुरक्षित सुत्केरी हुने आमाको संख्यामा बृद्धि भएको उनले बताए । तर लक्ष्य अनुरुप स्वाथ्य चौकीमा आइ गर्भ परिक्षण तथा सुत्केरी हुने क्रम घट्दो अवस्थामा रहेको उनले बताए ।
गाउँपालिकाले गर्भवती महिला स्वास्थ्य परिक्षण र गर्भ अवधिभर १ वटा अण्डा खुवाउने सञ्चालन गरेपछि गर्भवती र सुत्केरी आमाहरु खुसी भएको उनले बताए ।
गाउँपालिकाले गर्भवती महिला स्वास्थ्य परिक्षण र गर्भ अवधिभर १ वटा अण्डा खुवाउने सञ्चालनका लागि चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि ७ लाख बजेट विनियोजन गरिएको कार्कीले बताए ।
गाउँपालिकाले गत वर्ष २०७५÷०७६ मा २ सय १३ जना सुत्केरी तथा गर्भवती आमालाई मासिक १ क्रेट कुखुराको अण्डा वितरण गरेको थियो

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकाद्धारा ९५ जना गर्भवतीसहित सुत्केरी आमालाई अण्डा उपहार"

Leave a comment

Your email address will not be published.


*