शैलुङ गाउँपालिकाको योजना प्लास्टिक प्रयोगमा न्युनीकरण गर्ने

ईश्वर बिश्वकर्मा
चरिकोट, साउन ८

दोलखाको शैलुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा पालिका भित्र प्लास्टिक प्रयोगमा न्यूनीकरण गर्ने लक्ष्य लिएको छ ।
पालिकामा प्लास्टिकको प्रयोग न्युनीकरण गर्दै हरित र प्रकृतिमैत्री गाउँपालिका निर्माण गर्ने लक्ष्यसहित पालिकाले योजना सार्वजनिक गरेको हो ।

यो आर्थिक वर्षमा प्लास्टिक प्रयोगमा पूरैमात्रमा न्युनीकरण गर्न सकिदैन,तथापी जनचेतनामुलक कार्यक्रम गर्ने र प्लास्टिक प्रयोगले हुने असरको जानकारी गराउने शैलुङ गाउँपालिकाका प्रमुख भरत प्रसाद दुलालले बताए ।

स्थानिय टोल विकास समिति, आमा समुह, बाल क्लब, स्वास्थ्य संस्था, अस्पातल, सामुदायिक वन उपभोक्ता समुह लगायत विद्यालयलासँगको समन्वयमा गाउँपालिकामा सुरुवाति चरणमा जनचेतना प्रदान गरिने र प्लास्टिक न्युनीकरणमा जोड दिने उनले बताए ।

त्यसपछिको चरणमा जिल्ला, प्रदेश र केन्द्र समक्ष पनि यस विषयमा समन्वयसहित ध्यानाकर्षण लागि पहल गरिने छ । ूहाम्रो योजना प्लास्टिकलाई निमीट्यान्न पार्ने होइन, तर केही न्युनीकरण गर्न पालिकाले योजना बनाएको हो ू उनले भने ।
प्लास्टिक प्रयोगले मानव लगायत पशुपन्छी र वातावरणलाई पनि दीर्घकालिन असर पार्ने गर्छ । प्लास्टिकको झोला कम गर्ने, बजारमा सामान किन्न जाँदा कपडाका साथै अन्य झोला लिएर जाने कार्य गर्न दुलालले आग्रह गरे ।

समाजका व्यक्तिहरु नै यस कार्यमा लागेमा प्लास्टिक नियन्त्रण गर्न सकिने पनि उनले बताए । पालिकाको विभिन्न पसलमा प्लास्टिकमा पोको पारेर सामाग्री बिक्री वितरणमा नियन्त्रण गर्न पालिकाले आवश्यक रणनीति निर्माण गर्ने पालिकाले बताएको छ ।

गाउँपालिकामा विभिन्न प्रदुषण नियन्त्रण गरि स्वच्छ र सफा गाउपालिका निर्माण गर्न गाउँपालिकाले आकर्षक बजेट विनियोजन गरेको छ । पालिकाले जैविक उर्जा, वैकल्पिक उर्जा, जलविद्युत लगायतका उर्जाहरुको विकास र आयात गरी “उज्यालो शैलुङ” अवधारणा लागू गर्ने योजना बनाएको छ । गाउँपालिका क्षेत्रमा रहेको खाली तथा सामुदायिक वनमा जडिबुटी खेतीलाई प्रोत्साहन गरिने पालिकाको योजना गरको पालिकाले बताएको छ । शैलुङ गाउँपालिकाका “घरघरको चुलोलाई धुँवा मुक्त, सम्पूर्ण बालबालिकाहरुलाई खोपयुक्त र सबै टोल बस्तीलाई खुला दिसामुक्त” क्षेत्र बनाई “सरसफाई र स्वस्थ गाउँ, हरियाली बस्ती र सभ्य ठाउँ ” बनाउने नीति तथा योजना पालिकाको रहेको छ ।

हरित सडक निर्माणमा जोड दिँदै अम्रिसो, बाँस, गुराँस लगायतका बिरुवाहरु सडकको दायाँबाया लगाउन वृक्षारोपण अभियान सञ्चालन, वन संरक्षण, वृक्षारोपण, भू–क्षय नियन्त्रण, उद्यान निर्माण, मुहान संरक्षण, जडिबुटी प्रबद्र्धन जस्ता कामहरु गरी बन, वातावरण तथा भु–संरक्षण सम्बन्धी जागरण पैदा गर्ने योजना पालिकाको रहेको छ ।

पालिकाले सरसफाइ प्रर्वद्धन कार्यक्रमका लागि ५ लाख, वातावरण संरक्षणका लागि ५ लाख र वृक्षारोपण तथा वन उद्यानका लागि ५ लाख बजेट विनियोजन गरेको पालिकाको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकाको योजना प्लास्टिक प्रयोगमा न्युनीकरण गर्ने"

Leave a comment

Your email address will not be published.


*