शैलुङ गाउँपालिकाको पिपलडाँडामा गाउँघर क्लिनिक सञ्चालन

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन १२
दोलखाको शैलुङ गाउँपालिकाको वडा नम्बर ४ को पिपलडाँमा गाउँघर क्लिनिक सञ्चालनमा आएको छ ।
गाउँपालिकाको वडा नम्बर ६, ८ ७ र ९ का स्थानीयलाई पायक पर्र्ने गरि सोमबारदेखि क्लिनीक सञ्चालनमा आएको हो ।
क्लिनिक एसस नेपालले सार्वजनिक जग्गामा निर्माण गरिदिएको सामुदायिक भवनमा सञ्चालन गरिएको छ । क्लिनिकमा १ जना अहेवको व्यवस्था गरिएको छ । सामान्य उपचारका लागि घन्टै हिड्नु पर्ने बाध्यता हट्ने भएको भन्दै स्थानीय खुसी भएका छन् ।

क्लिनिकको उद्धघाटन गाउँपालिकाका अध्यक्ष भरत दुलालले गरेका थिए । उनले क्लिनिकले वडाका वासिन्दाहरुलाई सहज हुने बताए । उनले पालिकावासीलाई मध्यनजर गरि स्वास्थ्य क्षेत्रमा विभिन्न गतिविधीसहितको योजना रहेको बताए ।
क्लिनिक उद्धघाटन समारोहमा वडा नम्बर ४  वडाध्यक्ष का भरत प्रसाद ढुङ्गेल, पालिकाका स्वास्थ्य शाख संयोजक विष्णु कार्की, अनेरास्वीयु दोलखा उपसंयोजक राजकुमार ढुङ्गेलले मन्तव्य राखेका थिए । सञ्चालित क्लिनिक यसअघि महिनाको एकपटक मात्रै सञ्चालन गरिने गरिएकाे थियाे ।

तस्बिर  राजकुमार ढुङ्गेल

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकाको पिपलडाँडामा गाउँघर क्लिनिक सञ्चालन"

Leave a comment

Your email address will not be published.


*