शैलुङ गाउँपालिकाका सवै वडामा सडक सञ्जाल विस्तार

ईश्वर बिश्वकर्मा ÷चरिकोट, – शैलुङ गाउँपालिकाका नागरिकहरुको आवश्यकता र चाहना थियो गाउँगाउँमा सडक । ती चाहना र आवश्यकता पाँच वर्ष अघि बनेको स्थानीय सरकारले पूरा गरिदिएपछि उनीहरु खुशी छन् । अब ती सडकहरु स्तरोन्नती भएर नियमित गाडी गुडेको देख्ने उनीहरुको चाहना छ । स्थानीय राम खातीले पहिलो जनप्रतिनिधिहरुको पाँच वर्षे कार्यकालमा पालिकाका नागरिकहरुको आवश्यकता र मागको आधारमा सडक निर्माण गरिएको सुनाउनुहुँदै ती सडकहरु अब आउने जनप्रतिनिधिहरुले सुधार तथा स्तरउन्नोती गर्नुपर्ने बताउनुभयो । ”पहिलो पटक पाँच वर्षे कार्यकालका लागि आएका जनप्रतिनिधिले सडक निर्माण गरिदिएका छन् । केही सडक कालोपत्रे भएका छन् । स्तरोन्नती नभएका सडकहरु अब आउने जनप्रतिनिधिद्धारा आवश्यकताको आधारमा स्तरोन्नती गरिनुपर्छ । त्यसका लागि प्रतिबद्ध जनप्रतिनिधि हामीले आफ्नो मतको उपयोग गरी चुन्नुपर्छ ।” उहाँले भन्नुभयो “अहिले त मोटर गुड्ने सडक बनेका छन् । पालिकामा विकासको सुरुवात सडकबाट भएको छ। स्थानीय सरकार आएपछि गाउँको स्वरुप फेरिएको छ । दुर्गम गाउँहरु सुगम बन्न थालेका छन् । यो निकै ठूलो उपलब्धि हो ।“ सडक निर्माण भएपछि स्थानीयलाई आउजाउ गर्न र स्थानीय उत्पादन बजार सम्म ल्याउन र बजारका सामान गाउँगाउँमा लैजान सजिलो भएको छ । बिरामी पर्दा डोको वा स्टेचरमा बोकेर स्वास्थ्यचौकी लैजाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अहिले त घर अघि नै गाडी तथा एम्बुलेन्स बोलाएर त्यसमार्फत बिरामीलाई स्वास्थ्यचौकी लैजाने गरिएको राम खातीले भन्नुभयो । गाउँगाउँमा सडक निर्माण हुुनु स्थानीयको लागि वरदान सावित भएका छन् । पाँच वर्षमा गाउँमा देखिएको परिवर्तन साँच्चिकै रहरलाग्दो रहेको स्थानीहरु बताउँछन् । सडक निर्माण भएपछि स्थानीयको दैनिकी सुधारिदैँ गएको छ । जग्गाको मूल्य पनि माथि उक्लिएको छ । स्थानीय तहको जनप्रतिनिधि आएपछि उनीहरुको सक्रियतामा गाउँपालिकाको केन्द्र, वडा, बजार तथा अन्य गाउँपालिकामा जोड्नेगरी गाउँगाउँमा कच्ची मोटरेवल सडक निर्माण भएका छन् । एक टोलदेखि अर्को टोलसम्म, टोलदेखि वडा कार्यालय वा गाउँपालिका केन्द्रसम्म, बस्तीदेखि बजारसम्म जोड्ने सडक सञ्जाल निर्माण गरिएको छ । जसले गर्दा स्थानीयको आवश्यता र चाहना पूरा भएको छ ।गाउँपालिका अध्यक्ष भरत दुलालका अनुसार पालिकामा ३७२ दशमलव ३५५ किलोटिमर सडक निर्माण गरिएको छ । जसमा सोलिङ गरिएको सडक ९८ दशमलव ३७ किलोमिटर रहेको छ । उहाँका अनुसार वडा नं. १ ताम्चेत–दुधपोखरीमा १२ वटा ५७ दशमलब ३५ किलोमिटर सडक निर्माण गरिएको छ । वडा नं. २ भुषाफेदामा ११ वटा सडक निर्माण गरिएको छ । वडामा कुल ४२ दशमलव २६ किलो मिटर सडक निर्माण गरिएको हो । वडा नं. ३ मा २३ वटा २९ दशमलव ३६ किलोमिटर, वडा नं. ४ मागापौवामा १० वटा ३९ दशलमव ९३ किलोमिटर सडक निर्माण भएको छ । वडा नं. ५ काटाकुटीमा १२ वटा सडक निर्माण भएको छ । जसको लम्बाई ३४ दशमलब ८७ किलो मिटर रहेको छ । वडा नं. ६ मा १४ वटा सडक जम्मा ३४ दशमलब ३४ दशमलव २७ किलोमिटर, वडा नं. ७ मा १४ वटा वडा ४२ दशमलव २६ किलोमिटर सडक विस्तार गरिएको छ । वडा नं. ८ शैलुङ्गेश्वरमा १९ वटा सडक निर्माण गरिएकोमा ५२ दशमलब ९५ किलोमिटर सडक रहेको छ ।वडाको प्रत्येक बस्ती र टोलका नागरिकलाई सहजताको लागि निर्माण गरिएका ती सडकहरुले गाउँलेको जीवनमा परिवर्तन देखिन थालेको शैलुङ गाउँपालिकाका प्रवक्ता भरत ढुङ्गेलले बताउनुभयो । उहाँको अनुसार सडक निर्माण भएपछि स्थानीयलाई आवातजावत गर्न सहज भएको छ, भने स्थानीय उत्पादन बजारसम्म लैजान सकिने भएको छ । शैलुङडाडाँ सहित थुप्रै पर्यटकीय स्थल रहेको पालिकामा पर्यटकीय गतिविधि समेत सडकको कारण बढ्दो रहेको उहाँले बताउनुभयो । “हामी आएपछि विकास ओसार्न सडकलाई जोड दियौँ । किनकी सडक पुगेपछि मात्र गाउँको विकास सम्भव थियो । त्यही अनुरुप गाउँगाउँमा सडक निर्माण गरिएको हो ।” प्रवक्ता ढुङ्गेलले भन्नुभयो, “गाउँपालिकामा नागरिकको अपेक्षा र आवश्यकता बुझेर हामीले अन्य विकाससँगै सडक निर्माण गरेका हौँ । शैलुङ चक्रपथ अन्तर्गत पालिका कार्यालय, वडा कार्यालयसँग बस्ती गरी सडक निर्माण भएको हुन् । हाम्रो पालो बनेका ती सडकहरु केही बाहेका सबै स्तरोन्ती गर्न सकिएन । अब आउने जनप्रतिनिधिको पालामा ती सबै सडकहरु सुधार होला ।’

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकाका सवै वडामा सडक सञ्जाल विस्तार"

Leave a comment

Your email address will not be published.


*