शैलुङ गाँउपालिकाको सडक विस्तार अभियान , सडकका सात मिटर चौडाको निर्माण

चरिकोट – दोलखाको शैलुङ गाउँपालिकाले सडक फराकिलो अभियानलाई तिव्रता दिएको छ । सो गाउँपालिकाले गाउँपालिका केन्द्रबाट वडा कार्यालयसम्म जोड्ने सवै सडकलाई सात मिटर चौडा बनाउने अभियानले यो आर्थिक बर्ष पनि तिव्रता पाएको छ ।
गत आर्थिक बर्षबाट सुरु भएको फराकिलो बनाउने यो अभियानले यो आर्थिक बर्षमा प्रमुख रुपमा निरन्तरता पाएको हो । ८ वटा रहेको वडा सो गाँउपालिकाका सवै वडा कार्यालयसम्म सवै सडकको चौडा ७ मिटर भएका छन । वडा कार्यलयसम्मका सडकले दिर्घकालिन रुपमा महत्व राख्ने भएकाले गाँउपालिकाले ७ मिटर चौडा अभियानलाई तिव्रता दिएको गाउँपालिकाका प्रमुख भरत दुलालले बताए ।
“गाउँपालिका केन्द्रबाट सवै वडा कार्यलयसम्म प्राय सडक सात मिटर चौडा रहेको छ , केही ठाँउमा स्तरउन्नोतिको कार्य भइरहेको छ” प्रमुख दुलालले भने । “सवै वडामा सडक सन्जाल पु¥याउन सफल भएका छौ ” उनले भने । “ हाम्रो गाँउपालिका सवै सडक कच्ची रहेको वजेटको ५० प्रतिशत यो आर्थिक वर्षमा पनि सडकमा नै विनियोजन गरेका छौ ”प्रमुख दुलालले भने । गाउँपालिकाले विकासमा स्थानीयको सहभागितालाई जोड दिएको पनि प्रमुख दुलालले बताए ।
गत बर्ष सडकमा ११ करोड लगानी गरेको गाँउपालिकाले यो आर्थिक बर्षमा करिव ५ करोड रुपैया विनियोजन गरेको जनाएको छ । यस आर्थिक बर्षमा पुरानो १ सय ९१ किलो मिटर सडकको मर्मत कार्य गरेको छ । त्यसैगरी करिव ३६ किलो मिटर नयाँ सडक यो बर्ष बिस्तार गर्ने योजना रहेको गाँउपालिकाका प्रसासकिय अधिकृत रमेश विस्वकर्मा जानकारी दिए । यो कार्य हाल पनि निन्तर रहेको उनको भनाई रहेको छ । “हामी पहिलो गाउँसभाले लिएको लक्ष्य पुरा गर्ने अभियानलाई तिव्रता दिएको छौ ।”अधिकृत विस्वकर्माले भने ।
त्यसैगरी ७ मिटर चौडा गर्ने कार्य ४६ किलो मिटर यो आर्थिक बर्षमा रहेको उनले जानकारी दिए । यो आर्थिक बर्ष पनि गाउँपालिकाका सडकमा ५.७ किमी सोलिङ गर्ने योजना रहेको जनाइएको छ ।
गत बर्ष कच्ची बाटोको ७ मिटर चौडा भए पनि बर्षाको समयमा यातयात गर्न असहज भएका सडकमा यो बर्ष धेरै स्थानमा सोलिङ कार्य भएको गाउँपालिका प्राबिधिक रामकाजी कार्कीले जानकारी दिए । त्यसैगरी यो आर्थिक वर्षमा कच्ची नालि खन्ने कार्य करिव ५३ किलो मिटर रहेको छ । सडकलाई विस्तार गर्ने क्रममा गाँउपालिकाले पहिलो प्राथमिकतामा राखेको उनले बताए ।
गाउँपालिका भित्र करिव २ सय किलो मिटर भन्दा बढी सडक रहेको जनाइएको छ । यो आर्थिक वर्ष गाँउपालिकाले भित्र विभिन्न शिर्षकमा १४१ योजना निर्माण गरेको छ ।

Shares

Be the first to comment on "शैलुङ गाँउपालिकाको सडक विस्तार अभियान , सडकका सात मिटर चौडाको निर्माण"

Leave a comment

Your email address will not be published.


*