शैलुङमा १८ बर्षीय यृवकको हत्या

चरिकोट (दीस) ः दोलखाको शैलुङ गाउँपालिकामा टाउको छुट्टिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव फेला परेका युवकमा शैलुङ ४ मागापौवाका १८ वर्षीय भीष्म भण्डारी रहेका छन् । प्रहरीका अनुसार भण्डारीको शब काटकुट गरिएको अबस्थामा फेला परेको छ  । शैलुङ गाउँपलिका ५ काटाकुटीमा मंगलबार बिहान सो शवको पहिचान भएको प्रहरीले बताएको छ । भण्डारीको शब काटाकुटीको वीरेन्द्र मावि नजिकै बजिनी खोल्सामा फेला परेको हो । भण्डारीको टाउको छिनालेको अबस्थामा रहेको र अन्य शरिरका भागमा गम्भिर चोटपटक लागेको, देब्रे हातको तीनवटा औँला समेत नभएको र दायाँ हातको बुढी औँला र चोर औँलाको बीचमा चिरेको जस्तो देखिएको छ । घटनाको प्रकृति हेर्दा ती युवकको हत्या भएको जस्तो देखिएपनि कुनै तथ्य फेला नपरेको दोेलखाका प्रहरी निरीक्षक जिबन श्रेष्ठले जानकारी दिनुभयोे । भण्डारीको शब पोष्टमार्टमका लागि हाल पशुपति चौलागाईँ स्मृती अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भई रहेको प्रहरीको भनाई रहेको छ ।

Shares

Be the first to comment on "शैलुङमा १८ बर्षीय यृवकको हत्या"

Leave a comment

Your email address will not be published.


*