दोलखाको शैलुङ गाउँपालिकामा होम स्टे सञ्चालन गरिने

ईश्वर बिश्वकर्मा
चरिकोट, पौष २२
दोलखाको पर्यटकिय स्थल शैलुङ गाउँपालिकामा होमस्टे (घरबास) सञ्चालन गरिने भएको छ गाउँपालिकाको ४ स्थानमा शैलुङ भ्रमणमा आउने पर्यटकको सहजतताको लागि भ्रमण वर्षमा होम स्टे सञ्चालन गरिने भएको हो । सो गाउँपालिकामा रहेको शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकको भिड बढेसँगै पालिकाले होमस्टे अभियान ल्याएको हो। शैलुङमा पछिल्लो समय पर्यटकको रोजाईमा पर्न थालेको छ । शैलुङमा दिनौ पर्यटकले भम्रण गर्न थालेसँगै पालिकाकाले होम स्टे बनाउने अभियान अघि सारिएको गाउँपालिकाकाका अध्यक्ष भरत भरत दुलालले बताए ।
हाल पर्यटकको आकर्षण बढेसँगै गाउँपालिकाको बाख्रोर, ढुङ्गे, कालापानी र भैँसे मनगाउँ लगायतको क्षेत्रमा होम स्टे सञ्चालन गर्ने लक्ष्य रहेको पालिकाकाका अध्यक्ष दुलालले बताए । नेपाल भ्रमण २०२० सफल पार्न र शैलुङ गाउँपालिकालाई पर्यटन उद्योगको रुपमा विकास गर्ने उद्धेश्यका साथ होम स्टे सञ्चालन गर्न लागिएकोे उनले बताए । होम स्टे व्यवस्थित तरिकाले सञ्चालनका लागि सातादिने होम स्टे तालिम आइतबारदेखि सूरु भएको आयोजकले जनाएको छ । तालिममा होमस्टे सञ्चालन गर्ने प्रतिबद्धता सहित पालिकाका ४० जना होटलव्यवसायीको सहभागिता रहेको आयोजकले जनाएको छ । शैलुङ गाउँपालिकाले आयोजना गरेको तालिममा भोजराज बिँडारी र भोजेन्द्र पनेरुले सहजीकरण गरिरहेका छन् । पर्यटकको स्वागत सत्कार गर्ने तरिका, होमस्टे व्यवस्थापन तथा सञ्चालन लगायतको विषयमा प्रयोगात्मक बिधीबाट तालिम सञ्चालन भइरहेको गाउँपालिकाकी उपाध्यक्ष लालमाया योञ्जनले बताइन् । । होमस्टे तालिमका सहभागीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्दै होमस्टे सञ्चालन गर्नेछन् । पालिकाले सोका निम्ती सहयोग र समन्वय गरिदिने उपाध्यक्ष योञ्जनले बताइन् । होम स्टे सञ्चालनमा आए पनि पर्यटन उद्योगको विकाससँगै स्थानीय बासिन्दाको जीवनस्तरमा परिवर्तन आउने उनले बताइन् । विगत केही वर्ष देखि मौलिक किसिमका होम स्टे सञ्चालनका लागि जिल्लाका स्थानीय सरकारले ध्यान दिन थालेका छन् कला, संस्कृति, भाषा, रहनसहन र खानपिनको संरक्षण गर्दै पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने भएकाले घरबास सञ्चालन गरिने क्रम बढेको छ ।

Shares

Be the first to comment on "दोलखाको शैलुङ गाउँपालिकामा होम स्टे सञ्चालन गरिने"

Leave a comment

Your email address will not be published.


*