शैलुङको सौन्दर्य बिग्रने गतिविधी नगर्न आग्रह

चरिकोट(दीस) ः दोलखाको शैलुङ गाउँपालिकाले चर्चित पर्यटकीय स्थल शैलुङ डाँडाको सौन्दर्यमा हानी पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ । शैलुङको सौन्दर्य विगार्ने खालका गतिविध शैलुङ डाँडामा हुन थालेपछि पालिकाले बुधबार एक सूचना मार्फत सो गतिविधि नगर्न अनुरोध गरेको हो । दोलखाका प्रमुख पर्यटकीय स्थलमध्येको एक शैलुङमा मोटरसाइल लैजाने, पेयपदार्थका बोत्तलहरु जाथाभावी फुटाउने,फोहोर गर्ने लगायतका क्रियाकलपले त्यहाँको सौन्दर्य तथा वातावरणमा प्रतिकुल असर पुगेकोले त्यस्तो कार्य नगर्न गाउँपालिकाले आग्रह गरेको शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले जानकारी दिनुभयो । यस्ता कार्य नगर्न सूचना मार्फत आग्रह गरिएको उहाँको भनाई छ ।शैलुङको सौन्दर्य तथा संस्कृतिक महत्वमा प्रतिकुल असर पार्ने गतिविधिहरुले पर्यटकीय, मनोरम शैलुङ डाँडाको प्राकृतिक बनावट र सांस्कृतिक महत्वलाई दीर्घकालिन रुपमा नकारात्मक असर गर्ने भएकोले यस्ता गतिविधि नगर्न शैलुङ गाउँपालिकाले आग्रह गरेको छ ।
रोक लगाइएको गतिविधिहरु गरेको पाइएमा, देखिएमा, भेटिएमा वा सूचना प्राप्त भएमा कानून बमोजिम कारबाही हुने गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठले बताउनु भयो । “शैलुङ डाँडा सबैको सम्पति भएकोले सबैले यसको संरक्षण गर्नु पर्छ ।” उहाँले भन्नुभयो “अमर्यादित व्यक्तिहरुले शैलुङको सौन्दर्यलाई हानी पु¥याउने गतिविधि गरेको पाइएकोले त्यसलाई रोक्न सूचना मार्फत सूसुचित गरिएको छ । आगामी दिनमा त्यस्ता गतिविधि भएमा कारवाही गरिने छ ।”
सोली घोप्टिए झैँ एक सय भन्दा बढी थुम्काले सुसज्जित प्राकृतिक, धार्मिक र पर्यटकीय स्थल शैलुङ डाँडामा पुग्ने सबै पर्यटक एवं दर्शनार्थीले यसको प्रकृतिक सौन्दर्य र सांस्कृतिक महत्व प्रतिकुल हुने कुनै कार्य नगरी यसको संरक्षणमा मद्धत गर्न पालिकाले आग्रह गरेको छ । अन्यथा कानुन बमोजिम कारवाही गर्ने पालिकाले चेतावनी दिएको छ ।

Shares

Be the first to comment on "शैलुङको सौन्दर्य बिग्रने गतिविधी नगर्न आग्रह"

Leave a comment

Your email address will not be published.


*