शैलुङको नाजङ डाँडामा मोबाइल टावर

दीक्षण समाचार
दोलखा, ३० पुस
दोलखाको शैलुङ गाउँपालिकाको नाजङ डाँडामा नेपाल टेलिकमको जिएसएम मोबाइल टावर सञ्चालनमा आएको छ । टावर सञ्चालनमा आएसँगै शैलुङ गाउँपालिकाको वडा नं. १ र २ (ताम्चेत दुधपोखरी र भुषाफेदा)का दुर्गम गाउँ र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका, रामेछाप र काभ्रेपलाञ्चोकका केही गाउँमा समेत यसले प्रत्यक्ष फाइदा भएको छ ।
यसअघि टेलिकमको मोबाइल सेवाले काम नगर्ने वडा नम्बर १ र वडा नम्बर ३ को सीमाना नाजङ घर डाँडामा टावर बनेसंगै मोबाइल सम्बन्धि सबै सेवा सञ्चालनमा आएको हो । यो टावर सञ्चालनपछि थ्रिजी डाटा समेत सजिलै चलाउन सकिने नेपाल टेलिकम दोलखाका प्रमुख श्याममणि अर्यालले जानकारी दिए । गाउँपालिकाको भैसे डाँडाको जिएसएम मोबाइल टावर पछि यो दोस्रो टावर हो ।
शुक्रबारबाट टावर सञ्चालनमा आएको हो । यो टावरबाट नेपाल टेलिकमको मोबाइल सम्बनिध सबै नेटवर्कमा शैलुङ गाउँपालिकाका सबै क्षेत्रमा पहुँच पुगेको उनले बताए ।
यो संगै शैलुङ गाउँपालिकाको भुसाफेदा, ताम्चेत दुधपोखरी, काटाकुटी, बाघखोर लगाएतका क्षेत्रमा एनटिसि मोबाइल सेवा सञ्चालन हुने टेलिकम दोलखाका सुचना अधिकार महेश घिमिरेले जानकारी दिए । यो टावर सञ्चालनपछि दोलखाका ९५ प्रतिशत क्षेत्रमा टेलिकमको पहुँच पुगेको बताए ।
हाल नेपाल टेलिकम दोलखाले ३६ वटा टावर मार्फट मोबाइल सेवा प्रदान गर्दै आएको छ । टेलिकमले लगभग दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकाको खारे स्थित गिरबाने डाँडामा निर्माणाधीन मोबाइल टावर सञ्चालनमा आएपछि दोलखाको सबै क्षेत्रमा एनटिसि मोबाइल सेवा सञ्चालन हुनेछ । अहिले गौरीशंकर गाउँपालिका वडा नं. ५ सुरी, चंखू, मार्बूमा मात्र एनटिसी मोबाइलको नेटवर्कको समस्या छ । यो टावर निर्माण भएपछि विगू गाउँपालिकाको ओराङ, बुलुङ, लादुक लगायतका क्षेत्रमा प्रत्यक्ष फाइदा पुग्ने छ ।
त्यसैगरी टेलिकम दोलखाले एक महिना भित्र अप्टिकल फाइबरबाट सेवा प्रदान गर्ने भएको छ । अप्टिकल फाइबरबाट सेवा सञ्चालनमा आए पश्चात् इन्टरनेटको गति तिब्र र टेलिफोन तथा मोबाइल सेवा थप चुस्त हुने प्रमुख अर्यालको दाबी छ ।
सदरमुकाम चरिकोटबाट मुडे हुँदै सिन्धुपाल्चोकको खाडिचौरसम्म अप्टिकल फाइबर बिस्तारको काम सुरु भइसकेको छ । बिद्युत प्राधिकरणको ३३ केभीको प्रसारण लाइनको पोल मार्फत अप्टिकल फाइबर तान्न लागेको दोलखा टेलिकमले जनाएको छ ।

Shares

Be the first to comment on "शैलुङको नाजङ डाँडामा मोबाइल टावर"

Leave a comment

Your email address will not be published.


*