शैलुङका २ वटा वडाद्वारा वडाबासीको घरमै स्वास्थ्य परीक्षण

ईश्वर बिश्वकर्मचरिकोट, चैत्र २८
शैलुङ गाउँपालिकाका वडा नं ३ र ६ का प्रत्येक वडावासीको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको छ ।
वडाका विपन्नको तथ्याङ्क संकलन गर्ने क्रममा स्थानीयको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य परीक्षण गरिएको हो ।
वडा नं ३ मा केहिदिन अघि नै १५ सय घरधुरीमा गई स्वास्थ्य परीक्षण गरिएको जनाएको छ। उक्त वडामा स्वास्थ्य परीक्षणको क्रममा सबैको अवस्था सामान्य रहेको वडाध्यक्ष धुब्र श्रेष्ठले बताए । वडामा विपन्न, ज्याला मजदुरी गर्ने, कमजोर आर्थिक अवस्था ब्यक्तिहरुको तथ्याङ्क तयार भएको छ ‌। वडाध्यक्ष श्रेष्ठका अनुसार वडामा ७० जना विपन्न सुचिमा सुचिकृत भएका छन् ।
यस्तै वडा नं ६ ले पनि वडामा रहेका अतिविपन्न ज्याला मजदुरी गर्ने, कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गर्न सुरु गरको छ । सोहि क्रममा प्रत्येकको घरघरमा पुगेर कोरोनाबारे सचेतना सहित स्वस्थ्य परीक्षण गर्न सुरु गरेको छ ।
शुक्रबार बरदादा, हुलाके, चुल्ठे लगायतको टोलमा पुगि १ सय १० व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको वडाध्यक्ष राजु खड्काले बताए । सबैको स्वास्थ्य सामान्य रहेको उनले दाबी गरे । वडाका सबै व्यक्तिलाई स्वास्थ्य परीक्षण गरि सामान्य औषधी वितरण गरिने उनले बताए । प्रत्येकको ज्वरो र प्रेसर जाँच गरिने छ । वडामा करिब ८ सय घरधुरी रहेको छ । लगत संकलन तथा स्वास्थ्य परीक्षणको क्रममा कोरोनाबाट जोगिने उपाय सहितको सन्देश प्रवाह गरिएको वडाले जनाएको छ ।

Shares

Be the first to comment on "शैलुङका २ वटा वडाद्वारा वडाबासीको घरमै स्वास्थ्य परीक्षण"

Leave a comment

Your email address will not be published.


*