शैलुङ गाउँपालिकाले कोरोना संक्रमण भएमा ः१० हजार उपचार खर्च र एम्बुलेन्स भाडा दिने

ईश्वर बिश्वकर्मा /चरिकोट
दोलखाको शैलुङ गाउँपालिकाले पालिका भित्रका नागरिकलाई कोरोना संक्रमण भएमा तत्काल १० हजार उपचार खर्च र थप उपचारमा लैजान एम्बुलेन्स भाडा दिने भएको छ । पालिका भित्रका नागरिकलाई कोरोना संक्रमण भएको पुष्टी भएमा उक्त रकम पाउने पालिका अध्यक्ष भरत दुलालले जानकारी दिए ।
शैलुङ गाउँपालिकाले स्वास्थ्यकर्मीलाई पीपीइ वितरण
दोलखाको शैलुङ गाउँपालिकाले स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री पीपीइ वितरण गरेको छ। पालिकाले क्वारेन्टाइनमा र आइसोलेसनमा बसेका, कोरोनाको शंका लागेका मानिसको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोनाबाट जोगिन पीपीइ वितरण गरेको हो । १२ वटा स्वास्थ्य संस्थालाई २– २ सेट गरि २४ सेट पीपीइ वितरण गरिएको पालिकाले अध्यक्ष दुलालले जानकारी दिए । पालिकाका स्वास्थ्य संस्थामा १६ गतेदेखि विभिन्न सामग्रीहरुसहित पीपीइ वितरण सुरू गरिएको उनले बताए । “कोरोना संक्रमित व्यक्तिको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पीपीइ उपलब्ध नभएको खण्डमा उपचार सम्भव हुदैन , त्यसैले स्वास्थ्यकर्मीलाई पीपीइ उपलब्ध गराई मनोबल उच्च बनाउन वितरण गरिएको हो ” अध्यक्ष दुलालले भने । पालिकाका स्वास्थ्य संयोजक बिष्णु कार्कीले भने “ पीपीइ सतप्रतिशत सुरक्षाका लागि लगाइन्छ । तसर्थ पीपीइ गुणस्तर रहेको छ ।“ पालिकामा ६ वटा स्वास्थ्य चौकी, नियमित गाउँघर क्लिनिक २ वटा, सामुदायिक स्वास्थ्य इकाई २ वटा, आधारभुत स्वास्थ्य केन्द्र २ वटा रहेका छन् ।
कोरोना रोकथामका लागि १५ लाख
शैलुङले कोरोना रोकथाम र न्युनिकरण गर्न १५ लाख विनियोजन गरेको छ । संक्रमण रोक्न र फैलन नदिन आवश्यक व्यवस्थापनका लागि रकम विनियोजन गरिएको पालिका अध्यक्ष दुलालले बताए । उनका अनुसार कोहि कोरोना संक्रमित भएमा निःशुल्क एम्बुलेन्स र संक्रमित व्यक्तिका लागि राहतसमेत उपलब्ध गराइने छ । पालिकामा ८ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । क्वारेन्टाइनमा आवश्यक स्वास्थ्यकर्मी खटाइएको छ । कोरोनाको रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन उपलब्ध गराईने अध्यक्ष दुलालले बताए । स्वास्थ्य चौकी र विभिन्न स्थानमा ट्याङकी सहितको साबुन, पानीको व्यवस्था गरिएको छ ।

विदेशबाट फर्किएका व्यक्ति ७ जना
शैलुङमा ७ जना व्यक्ति विदेशबाट फर्किएका छन् । ति व्यक्तिहरु छिमेकी मुलुक भारत, युएइ,इराक,दुबइबाट फर्किएका हुन् । सबैभन्दा बढी भारतबाट ४ जना, युएइबाट १, इराकबाट १ र दुबैबाट १ फर्किएका स्वास्थ्य संयोजक बिष्णु कार्कीले बताए । जसमध्ये वडा नं ४ मा भारतबाट १जना, वडा नं ५मा युएइबाट १ जना, वडा नं ६मा भारतबाट ३ जना, दुबइबाट १जना र वडा नं ७ मा इराकबाट १जना फर्किएका छन् । विदेशबाट फर्किएका व्यक्ति आफ्नै घरमा क्वारेन्टाइनमा बसिरहेको उनले बताए। वडा कार्यालयका प्रतिनिधि, स्वास्थ्य स्वयम् सेवक र कोरोना रोकथामका लागि गठित वडास्तरीय समन्वय समितिले पछिल्लो एक १४ दिनयता विभिन्न देशबाट नगरमा फर्किएका व्यक्तिहरूको तथ्याङक संकलन गरेका थिए । तथ्याङक संकलन गर्दा कुन ठाउँबाट फर्किएको, फर्किएको माध्यम, मिति लगायतको विषयमा जानकारी लिइने गरिको स्वास्थ्य शाखा संयोजक कार्कीले बताए ।
कोभिड १९ अर्थात कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विदेशबाट फर्किएका व्यक्तिहरुको लगत संकलन गरिएको हो । विदेशबाट आएका सबैलाई अनिवार्य स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा बस्न पालिकाले अनुरोध गरेको छ ।कोरोना रोकथामका लागि विदेशबाट फर्किएका व्यक्तिहरुको लगत संकलन जिल्लाका विभिन्न स्थानीय तहले गरिरहेका छन् ।

उपचारमा संम्लग्न व्यक्तिको मृत्यु भएका पाँच लाख पाउने
पालिकाको आज बसेको ३९ पुर्ण वैठकले कोरोना भाइस संक्रमण विरुद्धको अभियान संचालन गर्ने स्थानीय समन्वय समिति र वडा समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु र प्रहरीहरु नै संक्रमित भएमा एक लाखसम्म उपचार खर्च र मृत्यु भएमा पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष दुलालले बताए ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकाले कोरोना संक्रमण भएमा ः१० हजार उपचार खर्च र एम्बुलेन्स भाडा दिने"

Leave a comment

Your email address will not be published.


*