शैलुङका जनप्रतिनिधीको उदाहरणिय कार्यः ८ महिनाको सेवा सुविधा कोरोना कोषमा जम्मा

चरिकोट, असार ११ (दीस) – दोलखाको शैलुङ गाउँपालिकाका जनप्रतिनिधीहरुले पाउनुपर्ने सेवासुबिधा बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
कोरोना भाइरस फैलिदैँ गएको विषम परिस्थितीमा पालिकाका जनप्रतिनिधीहरुले ८ महिनाको सेवासुविधा बापतको ४० लाख बराबरको रकम कोषमा जम्मा गराउने भएका हुन् ।
पालिकाका जनप्रतिनिधीले पाउनुपर्ने सेवासुविधा कोरोना नियन्त्रणमा परिचालन गर्न गाउँकार्यपालिकाको बैठकमा छलफल गरि कोषमा जम्मा गर्ने प्रस्ताव बुधबारको सातौँ गाउँसभाबाट सर्वसम्मतले पारित गरेको छ ।
अध्यक्ष दुलालले भने “ सिँगो देश नै समस्यामा रहेको र अर्थतन्त्र पनि धरासयी अवस्थामा रहेकाले जनप्रतिनिधी भएपछि आफु बाँच्दै जनतालाई बचाउन कोरोना कोषमा सम्पुर्ण सेवा सुविधा बापतको रकमा जम्मा गर्ने निर्णय गरेको हौँ ।
पालिकाको कोरोना कोषमा  ६० लाख रकम रहेको छ । जनप्रतिनिधीको सेवासुविधा बापत रकम जम्मा गरि कोषलाई थप व्यवस्थित र मजबुत बनाइने अध्यक्ष दुलालले बताए । पालिकाले घाटा बजेट प्रस्तुत गरेको र घाटा बजेटलाई कम गर्न यो निर्णय गरेको अध्यक्ष दुलालले बताए ।

Shares

Be the first to comment on "शैलुङका जनप्रतिनिधीको उदाहरणिय कार्यः ८ महिनाको सेवा सुविधा कोरोना कोषमा जम्मा"

Leave a comment

Your email address will not be published.


*