शैलुङका गर्भवती महिलालाई १ सय ९६ क्रेट अण्डा वितरण

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख ८
दोलखाको शैलुङ गाउँपालिकाले गर्भवती महिलालाई १ सय ९६ क्रेट कुखुराको अण्डा वितरण गरेको छ ।
फागुन र चैत्र गरि २ महिनाको अवधिमा ७८ जना गर्भवती महिलालाई पौष्टिक तत्व पुर्तिको निम्ति अण्डा वितरण गरिएको हो ।
लकडाउनमा पनि स्वास्थ्य संस्थामा जचाँउन आउने गर्भवती महिलालाई दैनिक १ वटा खान पुग्नेगरी अण्डा वितरण गरिएको स्वास्थ्य शाखा संयोजक बिष्णु कार्कीले बताए । उनले भने “चैत्र महिनामा लकडाउन सुरु भयो । लकडाउनले स्वास्थ्य परीक्षण र अण्डा वितरणमा कुनै प्रभाव परेन । स्वास्थ्य संस्थामा जँचाउन आउने महिलालाई अण्डा वितरणका साथै कोरोनाबारे सन्देश प्रवाह गरिएको छ।” चालु आर्थिक वर्षको साउनदेखि चैत्रसम्म ३ सय ५२ जना गर्भवतीको स्वास्थ्य परीक्षण गरिएको छ,भने ८ सय ८२ क्रेट कुखुराको अण्डा वितरण गरिएको उनले बताए । अण्डा वितरण कार्यक्रमले स्वास्थ्य जाँचका लागि गर्भवती आकर्षित भएका छन् ।
उनले हजार दिने आमालाई पौष्टिक तत्वको महत्व बूझाउन र नियमित स्वास्थ्य परीक्षणको सन्देश प्रवाह गर्न अण्डा वितरण गरिएको बताए । खानासँगै दैनिक एउटा अण्डा खानाले आमा र बच्चा दुवैलाई पोषण पुग्ने गर्दछ, त्यसैले अण्डा वितरण गरिएको उनले बताए । अण्डा गाउँपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको हो । पालिकाले चालु आर्थीक वर्ष गर्भवती महिलाको स्वास्थ्य जाँच, अण्डा वितरण कार्यक्रमका लागि १० लाख रकम विनियोजन गरेको थियो ।

Shares

Be the first to comment on "शैलुङका गर्भवती महिलालाई १ सय ९६ क्रेट अण्डा वितरण"

Leave a comment

Your email address will not be published.


*