शैक्षिक क्षेत्रको बेथिति हटाउन शैक्षिक अनुगमनमा भीमेश्वरका मेयर मानन्धर ः २ विद्यालयको अनुगमन

श्रृजन कुमार घिमिरे,चरिकोट ः भीमेश्वर नगरपालिकाका मेयर ईश्वर मानन्धर नगर भित्रका विद्यालयको शैक्षिक बेथिति हटाउन एक्सनमा उत्रिनु भएको छ । विहिवार उहाँ अनुगमनको क्रममा भीमेश्वर नगरपालिका वडा १ मा रहेको क्षमावति माविमा आकस्मिक अनुगमनमा पुगी एक्सनमा उत्रनु भएको हो ।


अभिभाबकले शिक्षकले नपढाएको भन्दै उजुरी आएसँगै उहाँले विहिबार छडके अनुगमन गर्नु भएको हो । अनुगमनको क्रममा विद्यार्थीले शिक्षक अनुस्स्थीत भएकाले पढाई नभएको गुनासो गरेका थिए । कक्षा ८ , ९ र १० कक्षाका विद्यार्थीहरुले तीन दिनदेखि दिनमा तीन पिरेड मात्र पढाई हुने गरेको मेयरसँग गुनासो गरेका थिए । तीन दिनखेखि गणित , विज्ञान र अंगे्रजीको कक्षा संञ्चालन नभएको विद्यार्थीले बताएका थिए ।

अनुगमनको क्रम कक्षा १० का एक विद्यार्थीले भन्नु भयो “ अचेल सरहरु बाहिर हुनु हुन्छ रे , आज तीन पिरियडमा मात्र पढाई भयो ,सरहरुको तालिम छ भन्नु भएको छ । हामीलाई कक्षामा गर्ने होमओर्क दिनु भएको छ । ” अर्का एक विद्यार्थीले भन्नु भयो, “ केही दिनदेखि नेपाली, कम्युटर र स्थानीय पाठ्यक्रमको मात्र पढाई भएको छ । खै एसइईमा यही तरिकाले कसरी राम्रो नतिजा आउला ?” अनुगमनको क्रममा प्रधानाध्यापक धुव्रराज सुवेदी धुलिखेल तालिममा जानु भएको भेटिएको थियो । गणित र विज्ञान शिक्षकको पनि अनुस्थित रहेको भेटिएको थियो ।

अनुगमनको क्रममा मेयर मानन्धरले शिक्षकको हाजिरी कपी समेत निरीक्षण गर्नु भएको थियो । विद्यालयमा अनुपस्थित शिक्षकको हाजिर फोटोकपी गरी त्यसको प्रमाणित प्रतिलिपी नगरपालिकामा ल्याइएको थियो । विना जानकारी विद्यालयमा अनुस्थित हुने शिक्षकको तलब काटिने भीमेश्वर नगरपालिकाले जनाएको छ । नगर प्रमुख मानन्धरले सामुदायिक विद्यालयमा बेथिति देखिएकोले अनुगमनको सुरुवात गरिएको बताउनु भयो । “क्षमावति माविमा अभिभाबक तथा स्थानीयको पटक–पटक गुनासो आएको थियो , प्रधानध्यापकलाई सुधार गर्न अनुरोध गरियो तर वेवास्ता गरेका कारण छडके अनुगमन गर्नु परेको हो ।” मेयर मानन्धरले भन्नु भयो, “हामी नगरभित्रका सबै विद्यालयमा अनुगमन गर्छौ ” । अनुगमनको क्रममा स्थानीयले भने जस्तै विद्यालयमा बेथिति रहेको पाइएको उहाँले बताउनु भयो । वडा अध्यक्ष माधब थामीले विद्यालयको गुणस्तर खस्किएको अभिभाबकले गुनासो गरिरहेको बताउनु भयो । “यो बर्ष एसइई दिएका ५२ जना मध्ये २ जना मात्र पास हुने हल्ला सुनेको छु ।” वडाध्यक्ष थामीले भन्नुभयो,“यसले विद्यालयको शैक्षिक गुणस्तर कस्तो छ भन्ने देखाएको छ ।” क्षमावति मावि दोलखाको मात्र नभई तत्कालिन जनकपुर अञ्चलकै जेठो विद्यालय हो ।

विहिबार नै मेयर मानन्धरले वडा नम्बर एककै सुन्द्रावती अधारभुत विद्यालयमा पनि आकस्मिक अनुगमन गर्नु भएको थियो । अनुगमनका क्रममा त्यहाँ पनि शिक्षकहरु विदास्वीकृत नगराई अनुस्थीत रहेका थिए । सो विद्यालयको हाजिर कापीको पनि फोटोकपी गरी नगरपालिका ल्याइएको छ । विद्यालयहरुको आकस्मिक अनुगमन गर्न विहिवार मेयर मानन्धर प्रमुख प्रशासकीय अधिकृत दीपक प्रसाद खतिवडा , शिक्षा शाखाका कर्मचारी विष्णु खत्री तथा पत्रकारहरु सहित विद्यालयमा पुग्नु भएको थियो । आकस्मिक अनुगमन गरिएका विद्यालयका प्रधान अध्यापक तथा अनुपस्थित शिक्षकहरुलाई स्पष्टिकरण सोधिने प्रमुख प्रशासकीय अधिकृत खतिवडाले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "शैक्षिक क्षेत्रको बेथिति हटाउन शैक्षिक अनुगमनमा भीमेश्वरका मेयर मानन्धर ः २ विद्यालयको अनुगमन"

Leave a comment

Your email address will not be published.


*