शेर्पा विद्यार्थी संघ दोलखाको अध्यक्षमा आङगोरे

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन ११
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति दोलखाको अध्यक्षमा आङ्गाेरे शेर्पा निर्वाचित भएका छन् ।
शनिबार चरिकोटमा सम्पन्न संघको तेस्रो अधिवेसनबाट आङगाेरे शेर्पाको अध्यक्षतामा २५ जना सदस्य सहितको कार्यसमिति चयन भएको हो ।
संघको उपअध्यक्षमा पेमछिरी शेर्पा, आङ्लेकी शेर्पा, डोमा शेर्पा,सचिवमा लाक्पाली शेर्पा सहसचिव पारु शेर्पा, फुर्लेकी शर्पा, छोङगेल शेर्पा र कोषाध्यक्षमा याङ्जी शेर्पा सर्वसम्मत चयन भएको छन् । बाँकी सदस्यहरुमा निर्वाचित भएको संघले जनाएको छ ।
संघमा शेर्पा विद्यार्थीहरु एकिकृत भई हकअधिकारको सुनिश्चतताका लागि अग्रसर हुदैँ आएका छन् । संघले शेर्पा विद्यार्थीका निमित्त हकअधिकारको वकालत गर्ने जनाएको छ । नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति दोलखाले आयोजना गरेको अधिवेशन तथा ल्होसार शुभकामना आदानप्रदान कार्यक्रममा कालिञ्चोक लोक तारा सिजन २ का विजेता आङ्दावा शेर्पालाई सम्मान गरिएको सघकी उप अध्यक्ष डाेमा शेर्पाले बताइन् ।

Shares

Be the first to comment on "शेर्पा विद्यार्थी संघ दोलखाको अध्यक्षमा आङगोरे"

Leave a comment

Your email address will not be published.


*