शिक्षिकालाई कोरोना संक्रमण पुष्टि भएपछि जलदेवी मावि बन्द

फाइल फाेटाे

चरिकोट, पुस ९
दाेलखाकाे बैतेश्वर गाउँपालिका वडा नं. ५ स्थित मैनापोखरीमा रहेको जलदेवी माध्यमिक विद्यालयमा पठनपाठन कार्य बन्द गरिएको छ ।
बिहीबार विद्यालयकी एकजना शिक्षिकालाई  कोरोना संक्रमण पुष्टि भएपछि आगामी पुस १५ सम्मको लागि विद्यालयमा पठनपाठन कार्य बन्द गरिएकाे हाे ।

विद्यालयले जारी गरेकाे सूचना

विद्यालयका विद्यार्थी तथा अन्य शिक्षकहरुमा कोरोना संक्रमण प्रसार नहोस् भनेर सावधानी स्वरुप विद्यालय बन्द गरिएको जलदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक गीताकृष्ण शर्माले बताए ।
शिक्षिकालाई कोरोना संक्रमण भएपछि बिहीबार नै विद्यालयका ५ जना शिक्षकहरुको स्वाब संकलन गरिएको र धुलीखेलस्थित प्रयोगशालामा काेराेना परिक्षणकाे निमित्त पठाइएको प्रधानाध्यापक शर्माले बताए । साथै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीलाई कोरोनाको शंका लागेमा वा लक्षण देखापरेमा कोरोना परिक्षणको लागि विद्यालयले सहजीकरण गर्ने उनले बताए । कोरोना भाइरसपछि बन्द रहेको उक्त विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै मंसिर ७ गतेदेखि पुन ः पठनपाठन कार्य सञ्चालन गरिएको थियो । विद्यालयमा २ सय २८ जना विद्यार्थी अध्ययनरत् रहेका छन् । बुधबार गाउँपालिकाको ११ जना व्यक्तीको स्वाब संकलन गरि पिसिआर परिक्षणका लागी पठाइएको थियो । उक्त विद्यालयकी एक शिक्षिका सहित पालिकाका  ४ जनामा बिहीबार संक्रमण पुष्टि भएको छ । संक्रमित सबै जना होम आइसोलेशनमा बसेका बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।

Shares

Be the first to comment on "शिक्षिकालाई कोरोना संक्रमण पुष्टि भएपछि जलदेवी मावि बन्द"

Leave a comment

Your email address will not be published.


*