शिक्षक कल्याण सहकारीको २५ अाै साधारणसभा सम्पन्न

बाबुराम शर्मा (चरिकोट) –चरिकोटमा आयोजित शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि को २५ औँ क्षेत्रगत साधारण सभा सम्पन्न भएको छ । बालकृष्ण दाहालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने साधारण सभामा संस्थाका सचिव भगवान बस्नेतको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पदमराज खरेलको कुल पूजी ३० करोड २१ लाख ९८ हजार ५५ रुपियाँ रहेको र खुद नाफा ८७ लाख ८९ हजार ६११ रुपियाँ रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका उपाध्यक्ष नारायण बुढाथोकीको सभापतित्वमा भएको सो साधारण सभामा जीवसराज खडका, शङकरलाल श्रेष्ठ, दीपशङकर चौलागाईँ, सञ्जय खडका, गोविन्दनारायण मानन्धर, गीता शिवाकोटीले संस्थाको विकास विस्तारमा सबैले सहयोग गर्नुपर्ने धारणा राख्नु भएको थियो ।
सोही अवसरमा नियमित बचत गर्नु हुने ध्रुवराज सुवेदी, बढी शेयर खरिद गर्नु हुने मोहन केसी र उत्कृष्ठ ऋणी कुमारी जोशीलाई नगद दुई÷दुई हजार सहित सम्मान गरिएको थियो । संस्थाले शनिबार जिल्लाका आठ स्थानमा एकै पटक २५ औँ क्षेत्रगत साधारण सभा सम्पन्न गरेको छ ।

Shares

Be the first to comment on "शिक्षक कल्याण सहकारीको २५ अाै साधारणसभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*