शिक्षकलाई सचेत हुन आग्रह

इश्वर बिश्वकर्मा /चरिकोट, – शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले एक प्रेस विज्ञप्ती जारी गर्दै शिक्षकहरुलाई सचेत गराएको छ । राजनीतिक पार्टी तथा गतिविधिमा संलग्न भई विद्यालयको पठनपाठन प्रभावित भएको भन्ने गुनासो आएपछि त्यस्तो भएमा कारबाही गर्ने चेतावनी सहित जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई सचेत गराएको हो । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु विभिन्न राजनीतिक पार्टीमा सक्रिय रुपमा पार्टीको कार्यकारी पदमा रही काम गरेको वा राजनीतिक पार्टीको अधिवेशनमा भाग लिई सक्रिय राजनीतिमा सहभागी भई विद्यालयको पठन पाठनमा प्रभावित भएको भन्ने व्यापक जन गुनासो आएको छ । यस सम्बन्धमा कार्यालयको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै शिक्षक कर्मचारीले सक्रिय राजनीतिमा भाग लिए कानुनी कारबाही गर्ने प्रेस विज्ञप्तीमार्फत इकाईले चेतावनी दिएको छ । वहालवाल शिक्षक कर्मचारीले सक्रिय राजनीतिमा भाग लिन नपाउने शिक्षा ऐन, २०२८ (संसोधन सहित) को दफा १६ (ङ) उपदफा ५ को ’छ’ मा उल्लेखेति व्यवस्था हुँदा हदै सो को उलंघन गरी ऐन तथा नियमावलीमा भएका व्यवस्था पालना नगर्ने शिक्षकलाई शिक्षा नियमावली, २०५९ (संसोधन सहितको परिच्छेद २३ नियम १३८ को उपनियम (१) बमोजिम कारवाही हुने इकाईले बताएको छ । प्रेस विज्ञप्तीमा इकाई प्रमुख खगेन्द्र श्रेष्ठको हस्ताक्षर छ ।

Shares

Be the first to comment on "शिक्षकलाई सचेत हुन आग्रह"

Leave a comment

Your email address will not be published.


*