शारदा मावि व्यवस्थापन समिति गठन

बाबुराम शर्मा
चरिकोट, साउन ३०
शैलुङ गाउँपालिका–८ भैँसेमा रहेको शारदा माध्यमिक विद्यालयको ११ औँ अभिभावक भेलाले सर्बसम्मत रुपमा कमलबहादुर श्रेष्ठको अध्यक्षतामा छ सदस्यीय विद्यालय व्यवस्थापन समिति चयन गरेको छ ।
सदस्यहरुमा डिल्लीबहादुर तमाङ, धावादोर्जे तमाङ, कलावती खडका, लक्ष्मी थपलिया र इन्दिरा तमाङ चयन भएका छन् भने प्रावधान अनुसार पदेन सदस्यमा वडाध्यक्ष धनबहादुर तमाङ र सदस्य सचिवमा प्राधानाध्यापक नेत्रबहादुर थपलिया रहनु भएको छ ।
पहिलो वैठकले विद्यालयमा सञ्चालित प्राविधिक धार तीन वर्षे बाली विज्ञान र १८ महिने भेटेरिनरीमा अध्ययन गर्ने ८० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गर्दै छात्रवृत्तिका लागि सरकारी निकाय, बुद्धिजीवीलगायतसँग आर्थिक सहयोग उपलब्ध गरिदिन अनुरोध गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।

Shares

Be the first to comment on "शारदा मावि व्यवस्थापन समिति गठन"

Leave a comment

Your email address will not be published.


*