शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिबद्ध

चरिकोट(दीस)ः जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख(डिएसपी) युवराज खड्काले जिल्लामा शान्ति सुब्यवस्था कायम गर्न प्रहरी प्रतिवद्ध रहेको बताउनु भएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय दोलखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखामा प्रहरी प्रमुखको रुपमा सरुवा भई आउनु भएका खड्काले पत्रकार भेटघाटको क्रममा कानुनले दिन मिल्ने सूचना दिन जिल्ला प्रहरी कार्यायले कन्जुस्याँई नगर्ने उक्त अवसरमा बताउनु भएको थियो । भेटघाटका क्रममा जिल्लामा रहेका समस्याहरुका बारेमा जानकारी गराउँदै प्रहरीका बारेमा जनताबाट सुनिएका गुनासोहरुको बारेमा समेत पत्रकारहरुले जानकारी गराएका थिए । साथै कानुनले दिन मिल्ने सूचना पहिले ईमेलबाट दिइने गरेकोमा अहिले त्यो क्रम अवरुद्ध भएको गुनासो पत्रकारहरुले गरेका थिए । डिएसपी खड्काले विगतमा के भयो विर्सन आग्रह गर्दै अब ईमेलबाट जानकारी पठाउने प्रतिबद्धता उक्त अवसरमा जनाउनु भएको थियो ।

Shares

Be the first to comment on "शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिबद्ध"

Leave a comment

Your email address will not be published.


*