शस्त्र प्रहरीद्वारा चितुवाको छाला बरामद

दीक्षण समाचार

चरिकोट, ५ जेठ

दोलखामा शसस्त्र प्रहरीको टोलीले दुर्लभ वन्यजन्तु चितुवाको छाला वरामद गरेको छ ।शसस्त्र प्रहरी बल १८ नं गुल्मको टोलीले दोलखाको तामाकोशी गाँउपालिका वडा न ५ किर्नेबाट दुर्लभ वन्यजन्तु चितुवाको छाला वरामद गरेको छ । वरामद गरिएको चितुवाको छाला ५.५ फिट लामो रहेको सशस्त्र प्रहरी बल दोलखाले जनाएको छ । तामाकोशी गाँउपालिका वडा न ५ किर्नेमा चितुवाको छाला किनवेच हुन लागेको  भन्ने गोप्य सूचनाको आधारमा प्रहरी पुग्दा सामान बोक्ने व्यक्तिहरु प्रहरीलाई देखेर सामान छोडि भागेको प्रहरीले जनाएको छ । अवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय दोलखामा बुझाइएको छ ।अघिल्लो वर्षदेखि दोलखामा स्थापना भएको सशस्त्र प्रहरीको टोलीले यस अघि समेत विभिन्न वन्यजन्तुको अखेटोपारहरु वरामद  गदै आएको छ । तस्करी गरी अन्यन्त्र लैजान लागेको अवस्थामा राष्ट्रिय पंक्षी  डाँफे तथा ४ केजी सालको खपेटा समेत वरामद गरेको थियो ।

Shares

Be the first to comment on "शस्त्र प्रहरीद्वारा चितुवाको छाला बरामद"

Leave a comment

Your email address will not be published.


*