शक्ति प्रदर्शन गर्दै रुस, विशाल नौसेनाको परेड

एजेन्सी । वार्षिक नौसेना दिवस मनाउन आइतबार रुसले आफ्नो शक्ति प्रदर्शन गर्दै ठूलो परेडको आयोजना गरेको छ । यस अन्र्तगत रुसले सेन्टपिटर्सवर्गमा ४० विशाल नौसेनाहरु पहिलोपटक सार्वजानिक गराएको संचार माध्यम सिएनएनले जनाएको छ । सो कार्यक्रमकै लागि शनिबार मात्र रुसमा ४५०० टनका सैन्य जहाजहरु ल्याइएको अनुमान गरिएको थियो ।

त्यसैगरी यसअघि राष्ट्रपति पुटिनले व्याख्या गरेका नयाँ र आधुनिक उपकरणहरु पनि यसै परेडमा प्रदर्शन गरिएको हो । यसपटकको वार्षिक नौसेना परेडमा भने रुसले विश्वको सबैभन्दा प्रतिक्षित सैन्य जहाज ‘एडमाइरल गोर्सकोभ’ लाई पनि पहिलोपटक समावेश गरि अगाडि राखेको बताइएको छ ।

रुसका रक्षा मन्त्री सेर्गी सोइगोले यस समारोहले रुसको सुरक्षित भविष्य सुनिश्चित गराएको बताएका छन् । त्यसकारण प्रतिरक्षाको भूमिकामा यस परेडको धेरै महत्व रहने उनले बताए । सानो नौसेना भएपनि प्रदर्शन गरिने नयाँ प्रविधिका सैन्य जहाजहरु हतियार सम्पन्न र अधिक शक्तिशाली भएको बताइएको छ । अन्तराष्ट्रिय समुदायले यसलाई रुसको सबैभन्दा ठूलो क्षमता वृद्धि र सुधार भएको उल्लेख गरेका छन् । प्रदर्शनमा राखिएका पनडुब्बी र जहाजहरुले अमेरिकी उपकरणको तुलनामा अत्यनतै कम समयमा आफ्नो शिकारको पत्ता लगाउन सक्ने र सुपरसोनिक मिसाइल समेत बोक्न सक्ने बताइएको हो ।

सिरियाली युद्धबाट फर्किएको ५८ हजार टनको जहाजबाहक भने गत मे महिनादेखि मरम्मतका क्रममा रहेको छ । आगामी २०२१ सम्म त्यो कुनै प्रयोगमा नआउने बताइएको छ । अमेरिकी नौसेनाका अधिकारीले बताए अनुसार रुस विशेषगरी जहाजको निर्माण प्रक्रिया त्यसपछि त्यसको अभ्यास र तेस्रोमा त्यसको हेरचाहमा केन्द्रित रहने गरेको छ ।

यसबारेमा रुसका उपरक्षा मन्त्रीले यो वर्ष मस्काउमा थप १९ भिन्दाभिन्दै समूहमा २८० जहाजहरु थप गरिने पनि जानकारी दिएका हुन् । वास्तवमा वर्षको सुरुवात देखि नै राष्ट्रपति पुटिन हतियार निर्माण र सैन्य ताकत वृद्धिको विषयमा विशेष केन्द्रित रहँदै आएको देखिएको छ । गत मार्चमा मात्र उनले आफ्नो देशका हतियारले नाटोको प्रतिरक्षालाई समेत हराउन सक्ने दाबी गरेका थिए । र यसका साथै राष्ट्रपति ट्रम्पसँगको विवादित भेटवार्तापछि पनि रुसले हतियार निर्माणका विभिन्न भिडियोहरु सार्वजानिक गराएको थियो ।

Shares

Be the first to comment on "शक्ति प्रदर्शन गर्दै रुस, विशाल नौसेनाको परेड"

Leave a comment

Your email address will not be published.


*