शक्तिशाली मिसाईल प्रक्षेपण गर्दै किमले दिए अमेरिका र दक्षिण कोरियालाई कडा चेतावनी

साउन २२ -उत्तर कोरियाले मंगलबार मात्र एउटा मिसाईल प्रक्षेपण गरेको थियो । मिसाइल प्रक्षेपण गरेसंगै उत्तर कोरियाका नेता नेता किम जोंग उनले उक्त मिसाईल प्रक्षेपण अमेरिका र दक्षिण कोरियालाई चेतावनी स्वरुप भएको बताएका छन् । उनले वाशिंगटन र सियोलको संयुक्त सैन्य अभ्यासबिरुद्ध नै उक्त मिसाईल प्रक्षेपण गरिएको बताएका छन् ।

उनले अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेर उत्तर कोरियासंग गरिएको सम्झौताको उल्लंघन भएको आरोप लगाएका छन् । यता संयुक्त राष्ट्र सुरक्षा परिषदले पनि उत्तर कोरियालाई बैलिस्टिक मिसाईल प्रक्षेपण गर्न प्रतिबन्ध लगाएको छ । किमकै निगरानीमा उत्तर कोरियाले नयाँ रकेट लन्चरको परीक्षण गरेको थियो जसले एकसाथ कयौ रकेटहरुलाई ध्वस्त पार्न सक्ने क्षमता राख्दछ ।

उत्तर कोरियाको सरकारी संवाद समिति (केसीएनए) ले पनि किमको निगरानीमा शक्तिशाली रकेट परीक्षण गरिएको बताएको छ जसले एकसाथ कयौँ रकेटलाई ध्वस्त बनाउँन सक्छ । किमले उक्त परीक्षणलाई लिएर खुसी र सन्तोष व्यक्त गरेका छन् । की राष्ट्रिय रक्षा विज्ञान र युद्ध सामाग्री उद्योगका कर्मचारीहरुले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरेका छन् । जसले कोरियाली शैलीमा एक उत्कृष्ट रकेट लन्चर निर्माण गरेका थिए । एजेन्सीको सहयोगमा

Shares

Be the first to comment on "शक्तिशाली मिसाईल प्रक्षेपण गर्दै किमले दिए अमेरिका र दक्षिण कोरियालाई कडा चेतावनी"

Leave a comment

Your email address will not be published.


*