व्यवसायी चौहानद्वारा दोलखाका सुरक्षाकर्मीलाई खाजा र जुस सहयोग

चरिकोट(दीस) । दोलखा सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा नागरिकको सुरक्षार्थ खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई तीनदिनसम्म पुग्ने गरी व्यवसायी कमल चौहानले खाजा र जुसको वितरण सहयोग गरेका छन् । उनले उक्त समाग्री आज सातदोबाटोमा हस्तान्तरण गरेका हुन् । आरके सप्लायर्स चरिकोटका प्रोप्राइटर चौहानले सातदोबाटो चोकमा खटिएका ३० जना सुरक्षाकर्मीलाई ९० थान जुस, ९० थान चाउचाउ वितरण गरेका हुन् ।

लकडाउनमा अहोरात्र खटिँदा भनेको समयमा खाजा पनि खान नपाईने अवस्था देखिएकोले आफुले सहयोग गरेको बताए । जनताको रक्षामा खट्ने सुरक्षाकर्मीलाई सहयोग गर्न पाउँदा गर्भ महसुस व्यवसायी चौहानले बताए । रामेछाप फुलासीका स्थायी बासिन्दा चौहानको व्यवसाय दोलखा रामेछापमा रहेको छ । यस अघि उनले दोलखामा विभिन्न क्षेत्रमा सहयोगमा गर्दै आएका छन ् ।

Shares

Be the first to comment on "व्यवसायी चौहानद्वारा दोलखाका सुरक्षाकर्मीलाई खाजा र जुस सहयोग"

Leave a comment

Your email address will not be published.


*