व्यवसायिक सपिङ सम्प्लेक्स निर्माण अन्तिम चरणमा

चरिकोट (दीस) ः भीमेश्वर नगरपालिका वडा नम्बर ३ स्थित सातदोबाटो चोकमा रहेको सातदोबाटो सपिङ कम्प्लेक्सको निर्माण अन्तिम चरणमा पुगेको छ । भीमेश्वर नगरपालिकाद्वारा निर्माण गरिएको यो व्यावसायिक भवनको निर्माण अन्तिम चरणमा पुगेको हो । एमकेविसी– सिमपानी( एसविब्रदर्शद्वारा निर्माणाधिन यो भवन अन्तिम चरणमा पुगेको जेभीका घनश्याम शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार फिनिसिङको थोरै काम मात्र बाँकी रहेको र हस्तान्तरणको क्रममा रहेको छ । सदरमुकाम चरिकोटको मुख्य बजार सातदोबाटो चोकमा रहेको यो सपिङ कप्लेक्स नगर विकास समितिको ७५ प्रतिशत ऋण सहयोग तथा भीमेश्वर नगरपालिकाको २५ प्रतिशत लगानीमा निर्माण भइरहेको भीमेश्वर नगरपालिकाका सव इञ्जिनीयर भवेन्द्र थापाले जानकारी दिनु भयो । भवन निर्माण सम्झौता २०७८ साल माघ २६ गते भएको थियो । सपिङ कम्प्लेक्स भवन आठ तल्लाको रहेको छ । विद्युतीय भ¥याङ सहितको आधुनिक सपिङ कम्प्लेक्समा सिनेमा हल निर्माण भएको छ । हाल वित्तीय प्रगति भने ८० प्रतिशत भन्दा बढी रहेको भीमेश्वर नगरपालिकाले जनाएको छ । नगर विकास समितिको अनुदान तथा ऋण सहयोगमा नगरपालिकाद्वारा निर्मित पार्किङ सहितको अर्को ब्यावासायिक भवन भने निर्माण सम्पन्न पछि संञ्चालन भई रहेको छ । भवन निर्माण सम्पन्न भएपछि भीमेश्वर नगरपालिकाको भरपर्दो आयस्रोतको रुपमा यो ब्यावसायिक भवनलाई टेन्डर प्रकृयाद्वारा भाडामा लगाइने भीमेश्वर नगरपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "व्यवसायिक सपिङ सम्प्लेक्स निर्माण अन्तिम चरणमा"

Leave a comment

Your email address will not be published.


*