व्यवसायिक किसानलाई आलुको बिउ वितरण

दीक्षण समाचार
चरिकोट, माघ ११
दोलखाको मेलुङ गाउँपालिका–६ मा अवस्थित गाउँघर साना किसान सहकारी संस्थाले अनुदानमा किसानहरूलाई आलुको बिउ वितरण गरेको छ । आलुको उत्पादन बढाउन हौसला स्वरुप एक सय जना किसानलाई बिउ वितरण गरेको हो । संस्थाका अध्यक्ष श्री राज पोखरेलले आलुको उत्पादन बढाउँदै पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्य सहित व्यवसायिक आलु खेतीमा आवद्ध किसानहरूलाई आलुको बिउ वितरण गरिएको बताउनु भयो । ५० किलोको एक बोराको दरले आलुको बिउ वितरण गरिएको उहाँको भनाई छ । बाँकी रहेका लक्षित किसानहरूलाई केही दिन पछि वितरण गरिने अध्यक्ष पोखरेलले बताउनु भयो । जग्गा तयार पारी रोप्ने समयमा सहकारीले आलुको बिउ वितरण गरेपछि किसानहरूलाई सहज भएको छ । बिउ जोगाएर नराखेका किसानहरूलाई खोज्नु पर्ने झन्झटबाट पनि मुक्ति मिलेको बताएका छन् । संस्थाले कृषिको व्यवसायिकरण, विविधिकरण, आधुनिकीकरण, बजारीकरणका लागि किसानहरूलाई सहुलियतमा ऋण प्रवाह गर्नुका साथै विभिन्न कृषि सामाग्री तथा अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Shares

Be the first to comment on "व्यवसायिक किसानलाई आलुको बिउ वितरण"

Leave a comment

Your email address will not be published.


*