वोचका पाँच बस्ती नमुना “स्वस्थ समुदाय घोषणा ”

चरिकोट(दीस) –दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ८ वोचका पाँच बस्ती “नमुना स्वस्थ समुदाय घोषणा ”भएको छ । आज नगर प्रमुख भरत के.सीले सो वडाका अध्यक्ष नकुल क.ेसीलाई बस्ती “नमुना स्वस्थ समुदाय घोषणा ”भएको प्रमाण हस्तान्तरण गरेका छन ् । भिमेश्वर नगरपालिकाको सहयोग तथा इन्फो नेपाल तथा सिडिएफको साझेदारीमा सो वडाका २ सय २ घर नमुना स्वस्थ समुदाय घोषणा भएका हुन । स्वस्थ समुदाय घोषणाको लागि तयार पारिएको १५ वटा सुचक सो समुदायका स्थानीयले पुरा गरेकोे जनाइएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख भरत के.सीले अभियान घोषणा सँगै त्यसलाई निरन्तरता दिन स्थानीयलाई आग्रह गरे । यो कार्यक्रम नगरपालिकाका सवै वडामा गर्न साझेदार संस्थालाई आग्रह गरे । सो वडाका अध्यक्ष नकुल के.सीले सवैको सहयोगले यो कार्यक्रम सफल भएको बताए । सिडिएफका अध्यक्ष राजु थापाले ९ महिनामा नगरपालिकाको सहयोगमा ४ संस्थाको साझेदारीमा तयार पारिएको १५ सुचक समुदायले पुरा गरेकोले नमुना घोषणा भएको बताए । खानेपानी सरसफाई र स्वच्छताको नमुना समुदाय स्थापना गर्ने उदेश्यका यो परियोजना तयार पारिएको सिडिएफका कोषाध्यक्ष राजन श्रेष्ठले बताए । यो कार्यक्रम सफल भएको नेपालको दोलखा दोस्रो जिल्ला भएको इन्फो रोहीत ढकालले जानकारी दिए । कार्यक्रममा रेडक्रसका उपमन्त्री होम पाठक , सुआराका नारायण सत्याल , सिडिएफका शरद सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "वोचका पाँच बस्ती नमुना “स्वस्थ समुदाय घोषणा ”"

Leave a comment

Your email address will not be published.


*