वैत्यश्वर गाउँपालिका आफ्नै स्थायी भवनमा

इश्वर दाहाल/पाँडुडाँडा –दोलखाको वैत्यश्वर गाउँपालिका आफनो स्थाई भवनमा सरेको छ । पालिकाको वडा नम्बर ६ पाँडुडाँडामा संघीय संरचनापछि बनेको कार्यालयको आज बाग्मती प्रदेशका सांसद विशाल खड्काले उद्धघाटन गरेका छन्।

भवन उद्धघाटन कार्यक्रममा बोल्दै सांसद खड्काले गाउँपालिकाको विकासको लागि प्रदेशबाट गर्न सकिने सहयोग गर्ने प्रतिबद्धता जनाए । सवै सहकार्यले देशको  विकास हुने उनले बताए । दोलखाका अन्य पालिका भन्दा वैत्यश्वर नमुना पालिका भएकाले अब पालिकाको शहरी विकास साथै कृषिमा समेत नमुनाका लागि प्रदेशबाट किबि जोन तथा कृषि पकेट क्षेत्रमा बजेट बिनियोजन गरेको सांसद खडकाले दाबि गरे । कार्यक्रममा दोलखा जिल्ला समन्वय समितिका प्रमुख डबल पान्डेले वैत्यश्वरको बिकासमा सदैव साथ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

पालिकाका प्रमुख छवि लामाले दाताले निःसुल्क जग्गा दान गरेको कारण पालिकाको स्थाई कार्यालय निर्माण भएको बताए । स्थानीय निर्वाचनमा आफूले बोलेको सबै कुरा नारा जस्तै काम गरेर देखाएको लामाले बताए । पालिकाको विकासमा आफू सधै सहकार्य गरेर अगााडी बढ्ने उनको भनाई रहेको छ ।

पालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले सवैको सहकार्य पालिकाले आफनै स्थाई कार्यालयमा सर्न सफल भएको बताए । सो क्षेत्रका १७ जना दान विर जनताले ५५ रोपनी जग्गा दान दिएको उनले बताए । पालिकाले सवै क्षेत्रमा बजेट विनियोजन गरेर काम गरिरहेको आर्चायले बताए ।
जिरी नगरपालिकाका मेयर टंक जिरेलले आफ्नै कार्यालयमा सरेको पालिकालाई शुभकामना दिए । नेपाली काग्रेसका नेता बर्मा लामाले सवै सहकार्य मात्र देशको बिकास हुने बताए ।
नेकपा वैत्यश्वर गाउँ कमिटीका अध्यक्ष माधब दाहाल ,नेपाली कांग्रेसका बैतेश्वरका सभापति राजु उपे्रती ,नेपाल पत्रकार महासंघ दोलखा जिल्ला अध्यक्ष जीवन लामा ,सामुदायिक प्रसारक संघका कोषाध्यक्ष लक्षण खडका लगायतले शुभकामना व्यक्त गरेका थिए ।  १ करोड ७५ लाखमा बनेको नवनिर्मित भवनमा १६ कोठा रहेको छ । पक्की भबनसँगै प्रिफ्याकको अर्को ५० लाखको भवन समेत निर्माण भएको छ । स्थाई कार्यालय सरेसँगै कार्यालयको सवै कार्यसम्पादन पाँडुडाँडाबाट संन्चालन भएको छ ।देश संघिय संरचना गएपछि दोलखामा आफ्नै पक्की भवनमा सर्ने दोलखाको पहिलो गाउँपालिका हो । निर्वाचनपछि सर्वसहमत पालिकाको केन्द्र तोकेको पाकिकाले पालिकाको कार्यालय स्थाई भवन निर्माण अभियान सुरु गरेको थियो । हाल पालिका केन्द्र पाँडुडाँडामा विजुली ,सडक तथा खानेपानी व्यवस्था गरिएको छ ।

 

 

 

Shares

Be the first to comment on "वैत्यश्वर गाउँपालिका आफ्नै स्थायी भवनमा"

Leave a comment

Your email address will not be published.


*