वैतेश्वर सुरु ग¥यो, अपाङ्गता परिचय पत्र वितरण

दीक्षण समाचार
दोलखा, २६ चैत
बैतेश्वर गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण सुरु गरेको छ । गाउँपालिकाले अपाङ्गहरुको स्वास्थ्य परीक्षण गरी अपाङ्गता परिचय पत्र वितरणको शिविरै सञ्चालन ग¥यो । अपाङ्गता परिचय पत्र भएका र नभएकाहरुको आवेदन र स्वास्थ्य परीक्षणपछि परिचय पत्र वितरण गरिएको बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए ।
बैतेश्वर गाउँपालिकामा रहेको हिमालयन हेल्पिङह्याण्ड्स सामुदायिक अस्पतालमा स्वास्थ्य शिविर गाउँपालिकाले सञ्चालन ग¥यो । शिविरमा गाउँपालिकाका वडा नं. ४ र ५ का अपाङ्गता भएकाहरु उपस्थित थिए । पहिलो दिन गाउँपालिकाको वडाा नम्बर ४ र ५ मा अपाङ्गता भएका ३८ जना व्यक्तिहरुलाई अपाङ्गता पहिचान गरी परिचयपत्र बितरण गरेको छ ।
बैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन खड्काका अनुसार अपाङ्गताको “क“ वर्ग ( रातो परिचयपत्र १० जनालाई वितरण भएको छ । त्यस्तै “ ख“ वर्ग ( निलो “ १५ जना, “ ग“ वर्ग ( पहेंलो “ ११ जना, र “ घ“ वर्ग ( सेतो “ ०२ जना रहेको उनले बताए ।
दोलखाको ९ वटा स्थानीय तह मध्ये अपाङ्गता परिचय पत्र वितरण गर्ने बैतेश्वर गाउँपालिका पहिलो भएको छ । स्थानीय तह गठन हुनु अघि महिला बालबालिका कार्यालयबाट यस्तो परिचय पत्र वितरण हुँदै आएको थियो ।
अपाङ्गता सम्बन्धि स्थानीय समन्वय समिति बैतेश्वर गाउँपालिकाले नयाँ परिचय पत्र लिनेहरुसँग पुरानो परिचय पत्र भने खिचेको छ । निकट भविष्यमा नै गाउँपालिका भित्रका अन्य ६ वटा वडामा पनि शिविरै चलाएर अपाङ्गता परिचय पत्र वितरण हुने उनले बताए । अपाङ्गताको वर्गीकरण अनुसार क वर्ग रातो कार्ड प्राप्त अपाङ्गहरुका लागि जीवन निर्वाहका लागि सरकारले मासिक २ हजार भत्ता दिर्दैं आएको बैतेश्वर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष माधब बस्नेतले जानकारी दिए ।
यस अघि बैतेश्वर गाउँपालिकाले आफ्नो ८ वटै वडामा बाल अक्षयकोषको स्थापना गरेको छ । अनाथ तथा संरक्षण बिहीन बालबालिकाहरुलाई उनीहरुको शिक्षा, स्वास्थ्य र पोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको यस अक्षय कोषमा प्रत्येक वडामा तीन लाख ३० हजारका दरले रकम राखिएको छ । बैतेश्वर गाउँपालिका र शेभ द चिल्ड्रेन पहुँच परियोजनाको सयुक्त साझेदारीमा यो कोष खडा गरिएको बैतेश्वर गाउँपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "वैतेश्वर सुरु ग¥यो, अपाङ्गता परिचय पत्र वितरण"

Leave a comment

Your email address will not be published.


*