वैतेश्वर र कालिन्चोकमा नेकपामा पदाधिकारीका लागि सिफारिस

दीक्षण समाचार
नाम्दू, १२ कार्तिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकरण तल्लो तहसम्म पु¥याउने अभियनसँगै स्थानीय तहमा पनि यसको कसरत सुरु भएको छ । आइतबार बैतेश्वर गाउँपालिकाको पदाधिकारीका लागि पूर्व एमालेहरुको बैठकले अध्यक्षका लागि ५ जनाको नाम सिफारिस गरेको छ ।
बैतेश्वर गाउँपालिका भित्रका पूर्व एमालेकर्मीहरुको भेलाले अध्यक्ष पदका लागि टहलबहादुर खड्का, ध्रुव आचार्य, राजन दाहाल, रामबहादुर श्रेष्ठ र हेमन्त चौलागाईलाई सिफारिस गरेको छ । त्यसैगरी शनिबार चरिकोटमा बैतेश्वर गाउँपालिका भित्रका पूर्व एनेकपा माओवादी समर्थीतहरुको भेलाले २ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा माधवप्रसाद दाहाल र सालिकराम उप्रेती रहेका छन् । पूर्व माओवादीले सचिव पद पाउने संभावना छ ।
आइतबारै कालिञ्चोक गाउँपालिका भित्रका पूर्व एमाले र पूर्व माओवादीहरुको पनि चरिकोटमा छुट्टा छुट्टै भेला भएको थियो । पूर्व एमालेको भेलाले अध्यक्ष वा सचिवका लागि डम्बर आचार्य, छलिमाया थामी र हिमबहादुर पाण्डे, घनश्याम पाठक र प्रदीप पाण्डेको नाम सिफारिस गरेको छ । त्यसैगरी पूर्व माओवादीहरुका तर्फबाट अध्यक्ष वा सचिव पदका लागि इश्वर थापा, मानकुमारी राई, भक्त शिवाकोटी, विक्रम पाण्डे र दिपेन्द्र सोडारीको नाम सिफारिस गरेको छ ।

Shares