वैतेश्वर गाउँपालिकामा टिपर दुर्घटना हुदाँ ३ जना घाइते

चरिकोट दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ६ स्थीत नाम्दुको डाँडागाउँमा आज टिपर दुर्घटना हुदाँ ३ जना घाइते भएका छन । बा ५ ख ८७८३ नम्बरको टिपर दुर्घटना हुदाँ दोलखा जिरीको नगरपालिका वडा नं. ८ का पोष बहादुर सुनुवार ,वडा नंम्बर ९ ठुलोपातलका अर्जुन कार्की तथा वडा नंम्बर ६ का सुनिल जिरेल रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकृत प्रहरी नायव निरिक्षक यज्ञनन्द साहले जानकारी दिए । सडक स्तर वृद्धिको कार्य भई रहेको सडक साँघुरो भएको कारण टिफर अगाडी बढाउने क्रममा सडक भाँसिन १५ मिटर तल खसि दुर्घटना भएको प्रहरीले बताएको छ । घाइतेको बैतैश्वर गाउँपालिको मैनापोखरीमा रहेको हिमालियन केयर हेन्स सामुदायिक अस्पतालमा उपचार भई रहेको पनि प्रहरीले बताएको छ ।

Shares

Be the first to comment on "वैतेश्वर गाउँपालिकामा टिपर दुर्घटना हुदाँ ३ जना घाइते"

Leave a comment

Your email address will not be published.


*