वीमाको रकम हस्तान्तरण

रिकोट (दीस) – ज्योति लाईफ इन्स्योरेन्स कम्पनी दोलखाले वीमितको घरमै पुगेर वीमा बापतको रकम भुक्तानी गरेको छ । इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी तथा बच्चाको लागि मासिक शैक्षिक खर्च प्रदान गरेको छ। दोलखा जिल्ला मेलुङ गाउँ पालिका वडा नं–१ की मैना तामाङले २०७७ असार ३१ गते पाँच लाख बिमांक रकमको “ज्योति सुनौलो भबिस्य बाल जीवन वीमा र म्यादी जिबन बिमा योजनामा १८ बर्षको लागि वीमा गर्नुभएको थियो। उहाँकोे २०७९ श्रावण ५ गते मृत्यु भएको थियोे । उहाँ मृत्युसँगै वीमाबाट प्राप्त हुने रकम उहाँका श्रीमान रमेश तामाङलाई भुक्तानी गरिएको इन्स्योरेन्स शाखा चरिकोटका प्रमुख चुडा श्रेष्ठले जानकारी दिनु भयो ।
मृत्यु बापतको दाबी भुक्तानी शनिबार एक कार्यक्रमको बीच मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले मार्फत स्व.मैना तामाङको श्रीमान रमेश तामाङ लाई ४ लाख ६७ हजार ८०८ र कान्छो छोरा जेम्स तामाङ लाई मासिक शैक्षिक खर्च बापत ५ हजारका का दरले २ महिनाको १०हजारको चेक हस्तान्तरण गर्नुभयो। ज्योति लाईफ इन्स्योरेन्लले ३५ घातक रोग विरुद्ध उपचार खर्च प्रदान गर्ने गरेको प्रमुख श्रेष्ठले जानकारी दिनु भयो । ।कम्पनीले देशभर १३० शाखा संजालमार्फत सेवा सुबिधा दिईरहेको जनाइएको छ । यसअघि पनि चरिकोट शाखाले साधारण मृत्यु,दुर्घटना बापत र घातक रोग बापत ४ जना वीमित तथा आफन्तहरूलाई भुक्तानी गरेको जनाएको छ।

Shares

Be the first to comment on "वीमाको रकम हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*