विषालु च्याउ खाँदा एक जनाको मृत्यु

चरिकोट (दीस) ः गौरीशंकर गाँउपालिकामा जंगलबाट ल्याएको विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जंगली च्याउ खाँदा सो पालिका चंखुकी ३२ वर्षीया सोमलेकी शेर्पाको मृत्यु हो । असार २३ गते च्याउ खाएर शेर्पासहित परिवारका ४ सदस्यहरु बिरामी परेका छन् । ईलाका प्रहरी कार्यालय सिंगटीका अनुसार शेर्पाको उपचार क्रममा सिंगटी स्थीत रोल्वालिङ अस्पतालमा मृत्यु भएको हो । विरामी ४ बालबालिकालाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ । उहाँहरुको अवस्था सामान्य छ ।

Shares

Be the first to comment on "विषालु च्याउ खाँदा एक जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*