विश्व रक्तदाता दिवसमा चरिकाेटमा रक्तदान कार्यक्रम आयोजना

ईश्वर बिश्वकर्मा

चरिकोट, जेठ ३१

१७ औं विश्व रक्तदाता दिवसको अवसरमा चरिकोटमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको समन्वयमा ३२ जेठमा रक्तदान कार्यक्रम हुने भएको हो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दोलखाको रक्तसञ्चार केन्द्रको प्राङगण चरिकोटमा हुने आयोजकले जनाएको छ । विश्वव्यापी रूप लिइसकेको कोरोना भाइरस अर्थात् कोभीड १९ महामारीको समयमा रगतको अभाव भई बिरामीको ज्यान समेत जान सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरि कार्यक्रमको आयोजना गरिएको हो । आफु स्वस्थ रहेको पहिचान दिन र अरुको जीवन बचाउन रक्तदानमा सहभागि हुन सम्पुर्ण रक्तदाताहरुलाई आयोजकले अनुरोध गरेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखाको अध्यक्ष श्याम गौतमले रक्तदान जीवन दान भन्ने नारा सम्झाउदै उनले विश्वरक्तदाता दिवस मनाउनका लागि नभई मानव जीवन बचाउन कार्यक्रमको आयोजना गरिएको बताए । मानव रक्तसमुह पत्ता लगाउने बैज्ञानिक कार्ल ल्याण्डिस्नरको जन्मदिन जुन १४ को अवसर पारी रक्तदाताहरुको सम्मान स्वरुप रक्तदाता दिवस मनाइन्छ । रक्तदान बारे सचेतनामुलक कार्यक्रम गरि यो दिवस मनाइन्छ ।

Shares

Be the first to comment on "विश्व रक्तदाता दिवसमा चरिकाेटमा रक्तदान कार्यक्रम आयोजना"

Leave a comment

Your email address will not be published.


*