विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा रक्तदान

दीक्षण समाचार
चरिकोट, बैशाख २१
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारि चरिकोटमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
कोरोना भाईरसका कारण लकडाउन भएको बेला रगतका अभाव हुन नदिन नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी दोलखाको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
जिल्लाका १७ जना सञ्चारकर्मी लगायतले रक्तदान गरेको महासंघ दोलखा जिल्ला शाखाले जनाएको छ । महासंघकै सभाहलमा ८ बजेदेखि भएको रक्तदान कार्यक्रममा सामाजिक दुरी कायम गरि सावधानी अपनाएर रक्तदान गरिएको महासंघका अध्यक्ष जीवन लामाले बताए ।

तस्बिर साैजन्य- नेपाल पत्रकार महास‌घ दाेलखा

Shares

Be the first to comment on "विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा रक्तदान"

Leave a comment

Your email address will not be published.


*