विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारि दोलखामा रक्तदान कार्यक्रम आयोजना

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख १७
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दोलखामा आउँदो २१ गते रक्तदान कार्यक्रम गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ, दोलखाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रम बिहान ८ देखि १० बजेसम्म महास‌घकाे सभाहल लामाचाैर चरिकाेटमा सञ्चालन हने महासंघले जनाएकाे छ । लकडाउनकाे समयमा रगत अभावको कारण कोहीकसैले मृत्युको मुखमा नपरुन भन्ने उदेश्यले प्रेस स्वतन्त्रता दिवसमा रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाले बताए । कोरोना भाइरस संक्रमण नफैलने गरि विषेश सावधानी अपनाई रक्तदान कार्यक्रम गरिएकाले उनले रक्तदानका लागि सबैलाई आग्रह गरे । रक्तदान कार्यक्रम सामाजिक दुरी कायम गरि भिडभाड कम हुने गरि सञ्चालन गरिने छ । नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलका अनुसार एउटा स्वास्थ मानिसले ३ महिनाको अन्तरालमा नियमित रक्तदान गर्न सक्दछन् । १८ बर्ष देखि ६० बर्षसम्म उमेरका मानिसले रक्तदान गर्न सक्दछन् । उनले भने “यो आपतकालिन र विषम परिस्थितिमा रक्तदान कार्यक्रम आयोजना गरिएकाले इच्छुक व्यक्तिहरूले रक्तदान गर्न आग्रह गर्दछु । तपाईंको रक्तदानले कोहीकसैको जीवन बच्न सक्छ । त्यसैले रक्तदान गरि जीवन दान गर्नुहोस् । “१ स्वस्थ व्यक्तिले १ पटक रक्तदान गरेर ३ जना व्यक्तिहरुको जीवन बचाउन सक्छौं ।

Shares

Be the first to comment on "विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारि दोलखामा रक्तदान कार्यक्रम आयोजना"

Leave a comment

Your email address will not be published.


*