विश्वकप बिजेता स्पेन २०१० को लय समात्ने दाउमा

एजेन्सी । फुटबलको महासंग्राम विश्वकप शुरु हुन केही दिन मात्रै बाँकी छ । विश्वकप कुन राष्ट्रले जित्ला ? भन्ने कौतुहलताले यतिबेला सबैलाई लागेको छ ।

फुटबलप्रेमीले यो विश्वकपको उपाधि सम्बन्धि विभिन्न आँकलन गरेका टिममध्ये स्पेन पनि हो । सन् २०१० को विश्वकप विजेता स्पेन दोस्रो पटक उपाधिका लागि बलियो दाबेदारका रुपमा स्पेनका समर्थकको नजर छ ।

सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना गरिएको विश्वकप बिजेता स्पेन यसपटक पनि च्याम्पियन बन्न सक्छ वा सक्दैन भन्ने विभिन्न खाले तर्क भइरहेका छन् । तर, स्पेनसँग सन् २०१० को विश्वकप जित्दा आन्ड्रेस इनिएस्टा, डेभिड भिल्ला र सर्जिओ रामोस जस्ता स्टार खेलाडी थिए । भने रसिया विश्वकपमा स्पेनका स्ट्राइकर डेभिड भिल्ला छैनन् । तर, इनिस्टा, रामोश लगायतका खेलाडी टिममा रहेकाले स्पेनलाई विश्वकपको ट्रफि उचाल्ने बलियो टोलीका रुपमा हेरिएको छ ।

स्पेनका रसिया विश्वकपमा उत्कृष्ट खेलाडी इनिएस्टा, सर्जिओ रामोस र डिएगो कोस्टा स्पेनको पहिलो रोजाइका खेलाडी हुन् । त्यसो त इनिएस्टा लागि रसिया विश्वकप अन्तिम विश्वकप पनि हो ।

Shares

Be the first to comment on "विश्वकप बिजेता स्पेन २०१० को लय समात्ने दाउमा"

Leave a comment

Your email address will not be published.


*