विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै

काठमाडौ ःआईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल आज घरेलु टोली क्यानडासँग खेल्दैछ। खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ। यसअघि शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो, भने दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले हार व्यहोरेको थियो।

शृङ्खलामा नेपाल, ओमान, र क्यानडा टोलीहरू सहभागी छन्। नेपालले आफ्नो अन्तिम खेल असोज ८ गते ओमानसँग खेल्नेछ। सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा नेपालले हालसम्म दुई अंक मात्रै जोड्न सकेको छ र तालिकामा सातौँ स्थानमा रहेको छ।

Shares

Be the first to comment on "विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै"

Leave a comment

Your email address will not be published.


*