विपतमा विवेकशीलकाे साथः निशुल्क एम्बुलेन्स सेवा

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ २९
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ का कोभिड बिरामीहरुले आपतकालिन अवस्थामा निशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । कोरोना तीव्र फैलिरहेको अवस्थामा अस्पताल भर्ना हुनुपर्ने कोभिड बिरामीका लागि निजी गाडीलाई एम्बुलेन्स बनाएर आपतकालिन निशुल्क सेवा दिन शुरु गरिएको छ । यो तारिफयोग्य काम विवेकशील साझा पार्टी २ नं. वडा समितिले अभयपुर युवा क्लबको सहकार्यमा सुरु गरेको हो । साझा पार्टी दोलखाका अभियान्ता अनिल चन्द्र श्रेष्ठका अनुसार निषेधाज्ञाका कारण थन्किएर बसेको निजी गाडी बोलेरो र ट्याक्सीलाई एम्बुलेन्सको रुपमा सूचारु गरी सेवा दिन थालिएको छ । यी एम्बुलेन्सले आर्थिक अवस्था कमजोर भएका र तत्काल अस्पताल जानुपर्ने वडाभित्रका बिरामीलाई उद्धार गर्ने बताउदैँ अभियान्ता श्रेष्ठले चरिकोटसम्मको लागि मात्र यो सेवा उपलब्ध हुने जानकारी दिए । वडामा संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालका एम्बुलेन्स तत्काल उपलब्ध नहुन सक्छ । यही अवस्थालाई मध्यनजर गरी यो कार्यको सुरुवात गरिएको हो । विवेकशील साझाका पार्टीका अभियान्ताहरुबाट संकलित रकमले बिरामीको उद्धारमा खटिएबापतको बाटो खर्च व्यहोर्ने र चालकलाई क्लबले ५ सय रुपैयाँ (प्रतिटिप) प्रोत्साहन रकम उपलब्ध गराउने छ । अर्जून थामीले ट्याक्सी र मनु तमाङले बोलेरो मार्फत् एम्बुलेन्स सेवा दिने छन् । चालकको सुरक्षाको लागि व्यक्तिगत सुरक्षा कवचको व्यवस्था चाडैँ गरिने क्लबका अध्यक्ष राजेश श्रेष्ठले बताए ।

Shares

Be the first to comment on "विपतमा विवेकशीलकाे साथः निशुल्क एम्बुलेन्स सेवा"

Leave a comment

Your email address will not be published.


*