विवादलाई मेलमिलापमा परिणत गर्दै भीेमेश्वरको न्यायिक समिति

ईश्वर बिश्वकर्मा
चरिकोट, पौष १८
भीमेश्वर नगरपालिकाको न्यायिक समितिले विभिन्न विवादलाई मेलमिलापमा परिणत गर्दै आएको छ ।
विवादलाई मेलमिलापमा स्थापित गर्न समितिले निष्पक्ष ढंगले न्याय सम्पादन गरि विवादलाई मेलमिलापमा परिणत गर्दै आएको हो ।
भिमेश्वर नगरपालिकामा न्यायिक समितिको गठन भएपछि १ सय ७ वटा मुद्धा दर्ता भएकोमा ६१ वटा मेलमिलापमा परिणत गरि फछर्याैट गरिएको समितिले जनाएको छ ।
बाँकी ४६ मुद्धामध्ये कुनै छलफलको क्रममा र कुनैलाई अदालतमा जान सुझाब दिइएको समितिले जनाएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा ८५ वटा न्यायिक समितिमा मुद्धा दर्ता भएकोमा ५५ वटा मेलमिलापमा परिणत गरिएको थियो ।
चालु आर्थिक वर्ष २०७६÷०७७ मा २२ वटा मुद्धा दर्ता भएकोमा ६ वटा मेलमिलापमा परिणत गरिएको न्यायिक समितिकी संयोजक तथा नगरउपप्रमुख कमला बस्नेतले बताइन् ।
“न्यायिक समितिले फैसाला गर्न नमिल्ने मुद्धाहरुलाई सकेसम्म मिलापत्र गर्न जोेड दिने गछौँ, तर मेलमिलाप हुन सहमति नभएको खण्डमा अदालत जान सुझाव दिइन्छ ।” उनले भनिन् ।
उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा गरिएको व्यवस्था बमोजिम न्यायिक समितिले समितिको क्षेत्राधिकारभित्रका विवाद हल गरिदैँ आएको छ ।
भीमेश्वर नगरपालिकाको न्यायिक समितिमा दर्ता मुद्धामध्ये घरायसी झैभmगडा, जग्गाको साँधसिमनाका विवाद, गाली बेइज्जती, लेनदेन लगायतका विवादलाई मेलमिलापमा परिणत गरिएको समितिकी कानुनी सहजकर्ता शान्ता बस्नेतले बताइन् । उनका अनुसार नगरभित्रको विवाद मेलमिलापमा परिणत गर्न समितिले जोड दिइएको छ ।
उनका अनुसार न्यायिक समितिमा विषेश गरि जग्गाको साँधसिमाना, गालीबेइज्जती, पारिवारिक मनमुटाव लगायतका मुद्धाहरु दर्ता हुने गरेका छन् ।
न्यायिक समिति र मेलमिलाप केन्द्रबाट विवादहरु समाधान हुदैँ गएपनि स्थानीयको समयसगैँ पैसाकोसमेत बचत हुने गरेको छ । नगरपालिकाकमा मेलमिलाप केन्द्र सबै वडामा स्थापना भएकाले कतिपय विवाद वडामै केन्द्रले नै मिलाउने गरेको छ ।
मेलमिलापकर्ताका कारणपनि नगरपालिकाको न्यायिक समितिलाई न्याय सम्पादनमा सहज भएको उनले बताइन् । सानासाना विवाद सुल्झाउन प्रहरीचौकी र अदालतमा जाँदा पैसा र समयको नाश हुने गरेको थियो । न्यायिक समितिकै कारण घरआँगनबाटै विवाद समाधान भई मेलमिलापमा
परिणत हुदाँ समाजमा शान्ती क्रमश ः फैलदैँ गएकोमा खुसी लागेको एक स्थानीयले बताए । “न्यायिक समितिले गर्दा पैसा र समयको पनि बचत हुन्छ, झगडा मेलमिलापमा परिणत हुन्छ” स्थानीयले भने ।

Shares

Be the first to comment on "विवादलाई मेलमिलापमा परिणत गर्दै भीेमेश्वरको न्यायिक समिति"

Leave a comment

Your email address will not be published.


*