(विप्लव) सहित दोलखा नेताहरु विरुद्ध पनि पक्राउ पुर्जी जारी

काठमाडौ – ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित दोलखा घर भएका नेताहरु विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जीमा पर्ने दोलखाका नेताहरुमा दोलखाका मईदेवी परियार, प्रेमबहादुर दर्नाल, लोकेन्द्रबहादुर दर्नाल, सन्जिव नेपाली रहनु भएको छ ।, अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो।

अदालतले एक सूचनामार्फत भनेको छ, “२०७९/०४/०६ गतेको आदेशानुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८(१३) बमोजिम यो ३५ (पैंतीस) दिने पक्राउ पुर्जी प्रकाशित गरिएको छ ।”

सूचना प्रकाशित भएको मितिले यो ३५ दिनभित्र अदालतमा उपस्थित नभएमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम कारबाही हुनेसमेत सूचनामा उल्लेख छ ।

विप्लवमाथि हातहतियार तथा खरखजाना मुद्दा लगाइएको छ । यसबाहेक पदम बहादुर राई, खड्गबहादुर विश्वकर्मा, सन्तोष बुढामगर, नवीन विश्वकर्मा लगायत २० जनाविरुद्ध पुर्जी जारी गरिएको छ ।

Shares

Be the first to comment on "(विप्लव) सहित दोलखा नेताहरु विरुद्ध पनि पक्राउ पुर्जी जारी"

Leave a comment

Your email address will not be published.


*