विपद् व्यबस्थापनमा भीमेश्वरका १४ क्षेत्र प्राथमिकतामा

२ चैत्र, चरिकोट(दीस) –भीमेश्वर नगरपालिकाले विपद् जोखिमन्यूनीकरण तथा व्यबस्थापन सम्बन्धी १४ वटा प्राथमिकताका क्षेत्रहरु तय गरेको छ । नगरपालिकाले बनाएको रणनीतिक कार्ययोजनाका आधारमा तयार नेपाल परियोजनासँगको कार्यशालाबाट विपद् व्यबस्थापन सम्बन्धी१४ वटा प्राथमिकताका क्षेत्रका रुपमा अगाडी सारिएको विपद् सम्बन्धीफो कल पर्सन सुरेश राउतले जानकारी दिनुभयो । ‘विपद् व्यबस्थापन सम्बन्धी नीति, ऐन तथा कार्यनीतिलाई अन्तिम रुप दिने, नगरपालिका स्तरीय आपतकालिन कार्यसञ्चालन केन्द्र र सूचना प्रणाली स्थापनार सञ्चालन, जोखिम संवेदनशील भू–उपयोग योजना बनाउने, भौतिक संरचना सबलिकरण र भवन निर्माण संहिताको कार्यान्वयन लगायतका १४ वटा प्राथमिकता प्राप्त क्षेत्रहरु छन् ।’ राउतले भन्नुभयो, ‘आगोलागी नियन्त्रण र व्यबस्थापन, मानव वन्यजन्तु द्धन्द्ध व्यबस्थापन, वडास्तरीय विपद् व्यबस्थापन समितिलाई पूर्ण क्रियाशील बनाउने, बीमा लगायतका कृयाकलापबाट जोखिम हस्तान्तरण, विपद् सम्बन्धी पाठ्यक्रम विकास, क्षमताविकास तथा सम्पदा संरक्षण लगायतलाई प्राथमिकतामा राखेर अबको योजनानिर्माण तथा कार्यान्वयन गर्नुपर्छ ।’विपद् जोखिमन्यूनजीकरण तथाव्यबस्थापन सम्बन्धी नगरपालिकाले तयार गरेको १४ प्राथमिकताप्राप्त क्षेत्रमा गर्नु पर्ने कृयाकलाप तथ ाश्रोतको व्यबस्थापन र परिचालनका लागि साझेदार संघ संस्थाहरुसँग समन्वय र सहकार्य भैरहेको योजना शाखाप्रमुख समेत रहेका राउतले जानकारी दिनुभयो । ‘नगरपालिका स्तरीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालन तथा सूचना प्रणाली स्थापनाका लागि र आगोलागी नियन्त्रण तथा व्यबस्थापन ससम्बन्धी क्षमता विकासका लागि युएनडिपीले सञ्चालन गरेको सिडिआरएमपी परियोजनाले सहयोग गर्ने भएको छ ।’ उहाँले भन्नुभयो, ‘नगरपालिकाको जोखिम संवेदनशील भूउपयोग योजना बनाउने विषयमा युएसए आइडीको तयार परियोजनासँग छलफल भैरहेको छ । आइओएमले निर्माण गरिरहेको भवनमा आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालन गर्ने तयारी भैरहेको छ ।’

विपद् व्यबस्थापन वडाको पनि प्राथमिकतामा
भीमेश्वरका वडाहरुले आगामी आर्थिक वर्षका लागि विपद् व्यबस्थापनलाई प्राथमिकतामा राखेर योजना निर्माण तथा कार्यान्वयन गर्ने भएका छन् । नगरपालिकाले विपद् जोखिम न्यूनीकरण सम्बन्धीको रणनीतिक कार्ययोजना तयार गरेको र भूकम्प पछिको पुननिर्माण अन्तिम चरणमा पुगेकोले आगामी आर्थिक वर्षहरु विपद् व्यबस्थापनमा केन्द्रित हुन लागेको बताइएको छ । नगरपालिकाको विपद ्जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन अनुसार १ देखि ७ नम्बर वडामा भर्खरै विपद् व्यबस्थापन समिति गठन भएको र जोखिमयुक्त क्षेत्रहरुको नक्साङ्कन पनि सुरु भएको छ ।
वडा नम्बर १ मा पहिरोका कारण बोसिम्पा र बुमाका ७४ घरधुरी बिस्थापित भएको, कोटेपोलेमा २८, गैराथोकमा ३५, कुँडार बस्ती र सिमटोलमा ५५, कल्छेमा १२, ठाङठाङमा १० घरधुरी जोखिममा रहेको पाइएको वडाअध्यक्ष वीरबहादुर थामीले बताउनु भयो । ‘आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा वडाले विपद् व्यबस्थापनकालागि ५ लाख रुपैंयाँ बजेट बिनियोजन गरेको छ । वडामा विपद् व्यबस्थापन समिति समेत गठन र जोखिमयुक्त क्षेत्रको नक्साङ्कनभइ सकेकोले ती जोखिमयुक्त क्षेत्रको आवश्यकता पहिचान गरी आवश्यक कृयाकलाप सञ्चालनका लागि पहलगर्नेछौं ।’थामीले भन्नुभयो, ‘वडास्तरको विपद् व्यबस्थापन योजना निर्माण गरी कार्यान्वयनगर्ने र हरेक वर्ष विपद् व्यबस्थापनमा बजेट बिनियोजन गर्दै जानुपर्ने आवश्यकतामहशुस भएको छ ।’
वडा नम्बर २ मा गरिएको नक्साङ्कनका बेला सहभागीले पहिरोका कारण दोक्थलीका ८० घरधुरी बिस्थापित हुनु परेको, राम्पाका ४८, सक्लो र खेलापका ५० घरधुरी प्रभावितहुने कुरा बताएका छन् । आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा वडाले विपद् व्यबस्थापनकालागि १लाख रुपैंयाँ बजेट बिनियोजन गरेको र विपद् व्यबस्थापन समितिको बैठकले निर्णय गरे बमोजिमउक्त रकम खर्च गरिने वडाअध्यक्ष विराजमान श्रेष्ठले बताउनुभयो ।

‘सिडिएफ नेपाल र युएनडिपीको सहजिकरणमा यस वडामा विपद् व्यबस्थापन समिति गठन भइसकेको छ । जोखिमयुक्त क्षेत्रको नक्साङ्कन गर्दा वडाभित्र पहिरो, विद्युतिय दुर्घटना, वन्यजन्तुको आतंक, विद्युतकापोललाई व्यबस्थित गर्नु पर्नेलगायतक ा जोखिम देखिएको छ ।’ उहाँले भन्नुभयो, ‘विपद् व्यबस्थापन समितिलाई सक्रिय बनाउँदै विपद् जोखिमन्यूनीकरणलाई प्राथमिकतामा राखेर योजना छनोट, बजेट बिनियोजन तथा कार्यान्वयन गर्दै जाने छौं ।’
वडा नम्बर ४ मा पनिविपद् व्यबस्थापन समिति गठन भएको र समितिले विपद् व्यबस्थापनका लागि सक्रियतापूर्वक कामगर्ने वडाअध्यक्ष हरिवंश चौंलागाईले बताउनुभयो । ‘२०७२ साल बैशाख १२ को भूकम्पपछि मात्रै हामीले विपद् जोखिम न्यूनीकरण तथा व्यबस्थापनका लागि काम गर्नु पर्ने रहेछ भन्ने महशुस गरेका हौं । समयमैं बीमा गरेका कारण चरिकोटको कृतिहोटलले बीमा कम्पनीबाट क्षतिपूर्ती पायो, दुई तला घटाएर होटल सञ्चालन गरिरहेको छ । हामीले पनि अब बीमाको माध्यमबाट जोखिम हस्तान्तरण गर्नेतर्फ ध्यान दिनुपर्छ ।’ अध्यक्ष चौंलागाईले भन्नुभयो, ‘हामीले विपद् पूर्व सावधानीका कृयाकलापहरु गर्यौं भने मात्रै विपद्बाट हुने जोखिमलाई कम गर्न सकिन्छ । मान्छेको बीमागर्ने, घर, पशुबस्तु तथा बालीनालीको बीमा गरेर जोखिम हस्तान्तरण गर्न वडाको पनि सुझाव छ ।’
वडा नम्बर ५ मापहिरोका कारण कात्तिके र बुस्तीमा ६० घर, बिसुन्टोलमा ३५ घर, घोक्सिलामा २५ घर र पाताल कान्लेमा १५ घर जोखिममा रहेको पाइएको छ । ‘सिडिआरएमपी परियोजनाको परिचयात्मक कार्यक्रमको अवसरमा यस वडामा विपद् व्यबस्थापन समिति बनेको छ । त्यहि दिन वडा भित्रको जोखिमयुक्त क्षेत्रको सामान्य नक्साङ्कन गर्दा पहिरोका कारण कात्तिके, बुस्ती, घोक्सिला, बिसुन्टोल र पातालकान्ले क्षेत्र जोखिममापाइयो ।’ वडा अध्यक्ष रामचन्द्र बस्नेतले भन्नुभयो, ‘विद्युतिय दुर्घटना, जँगली जनावरको आतंक र आगोलागीको जोखिम वडाभरी रहेको पाइएको छ । ती जोखिमयुक्त क्षेत्रको आवश्यकता र समस्या सम्बोधन हुने गरी योजना बनाउने, श्रोतको खोजि तथा परिचालन गर्ने कुरामा वडा कार्यालय प्रतिवद्ध छ ।’
वडा नम्बर ७मा पहिरोका कारण खोलाखर्कका झण्डै २ सय घरधुरी, काउलेका २३, सुइरेका २०, उखुबारीका १५ र बालुवागाउँका १२ घरधुरी जोखममा रहेको पाइएको छ । ‘भूकम्पपछिको पुननिर्माणका लागि निर्माण सामाग्री ढुवानीका लागि टोलटोलमा पुग्ने गरी सडक निर्माण गर्नु परेको थियो । अबका दिनमा हामीले विपद् व्यबस्थापनका लागि पनि काम गर्नु पर्ने भएको छ ।’ वडाअध्यक्ष कैलाशकुमार श्रेष्ठले भन्नुभयो, ‘वडा कार्यालयको छुट्टै बैंक खाता नहुने भएकोले र वडाले बजेट बिनियोजन गर्न नपाउने भएका कारण विपद् व्यबस्थापनका लागि वडाले छुट्टै बजेट बिनियोजन गर्न नसकेको हो । पहिरो रोकथामलगायतका कामका लागि योजना छनोट भई कार्यान्वयन भैरहेको भए पनि विकास निर्माणमा विपद् व्यबस्थापनलाई मुलप्रवाहीकरण गरेर अगाडी बढ्नेछौं ।’
भीमेश्वरका १, २, ४, ५ र ७नम्बर वडामा भूकम्प, पहिरो, आगोलागी, चट्याङसँगै वन्यजन्तुको आतंक पनि मुख्य प्रकोपको रुपमा देखिएको सिडिआरएमपी परियोजनाले जनाएको छ । विपद् व्यबस्थापन सम्बन्धी कार्यहरुलाई संस्थागत गर्दै, विकास योजनामा विपद् व्यबस्थापनलाई मुल प्रवाहीकरण गर्नका लागि वडास्तरीय विपद् व्यबस्थापन समिति गठन गरिएको सिडिएफ नेपालका परियोजना संयोजक विनोद शर्माले बताउनुभयो । वडा नम्बर १ मा १५, वडा नम्बर २ मा २१, वडा नम्बर ४ र ५ मा १९ तथा वडा नम्बर ७ मा १७ सदस्यीयविपद् व्यबस्थापन समिति गठन भएको उहाँको भनाइ छ । युरोपेली संघ र युएनडिपीसँगको साझेदारीमा सिडिएफ नेपाल दोलखाले नगरपालिकाको १, २, ४, ५ र ७ नम्बर वडामा बहुप्रकोपीयजोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक प्रति कार्य क्षमता अभिबृद्धिका लागि विभिन्न कृयाकलापहरु सञ्चालन गरिरहेको जनाएको छ ।

 

Shares

Be the first to comment on "विपद् व्यबस्थापनमा भीमेश्वरका १४ क्षेत्र प्राथमिकतामा"

Leave a comment

Your email address will not be published.


*