विद्युत सुचारु गर्न माग

चरिकोट (दीस) ः गत असार २१ गतेको बाढी र पहिरोका कारण दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ९को डोङगाङ बस्तीमा विद्युत आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएकोले सो क्षेत्रको विद्युत सेवा सुचारु गर्न नेपाली कांग्रेसका पूर्व पार्टी सभापति तारा कोइराला, वडा अध्यक्ष ङिमगेली शेर्पा, र कांग्रेस नेताहरूले सोमबार उर्जा, जलस्रोत तथा सिंचाइ राज्य मन्त्री कान्छाराम तामाङलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा डोङगाङ बस्तीमा बाढीले पाँच घरहरू पूर्ण रूपमा क्षति भएको र एक जना वेपत्ता भएको विवरणसहित सो स्थानमा जडित राष्ट्रिय प्रसारण लाइन र विद्युतीकरण पूर्ण रूपमा क्षतिग्रस्त भएको उल्लेख छ । ठाङटिङ र वेदीङ गाउँका बासिन्दाहरू अन्धकारमा बस्न बाध्य भएका कारण क्षतिग्रस्त विद्युत संरचनाको पुनःस्थापना र बजेट व्यवस्थापनका लागि अनुरोध गरिएको वडा अध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनु भयो ।

 

 

Shares

Be the first to comment on "विद्युत सुचारु गर्न माग"

Leave a comment

Your email address will not be published.


*