विद्यालय भवन हस्तान्तरण

ईश्वर बिश्वकर्मा
चरिकोट, असार २
दोलखाको भीमेश्वर नगरपालिका २ स्थित तिखातल प्राविको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) को अार्थिक सहयोग तथा प्राविधिक सहयोगमा निर्माण गरिएको ४ कोठे आरसिसि भवन मंगलबार एक समारोहकाबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।


६८ लाख ४७ हजार ९ सय ५१ रुपैँया लागतमा नवनिर्मित भवन भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले विद्यालयलाई हस्तान्तरण गरेका छन् । भवन हस्तान्तरण तथा उद्घाटन गर्दै नगर प्रमुख केसीले विद्यालय भवनबाट शिक्षण सिकाईमा सहज हुने बताए । विद्यालय हस्तान्तरण कार्यक्रममा इकाई प्रमुख देवकुमार बराल, इकाईका ईन्जिनियर राजेन्द्र श्रेष्ठ, भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विराजमान श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "विद्यालय भवन हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*